काठमाडौं । सहकारी बिच एकीकरण (मर्जर) नै हो ।
यदि त्यसो हो भने एकीकरण (मर्जर) का बाधक वा समस्याहरु के हुन त ?
संचालकको तर्फबाट
१) सहकारी संचालकहरुमा सहकार्यको कमि ।
२) आफ्नो स–साना समूह वा चिनेजानेका बिच मात्र कारोबार र नेतृत्व गर्न खोज्नु ।
३) पद र अवसर गुम्छ कि भन्ने चिन्ता हुनु ।
४) दुख गरेर यहाँ सम्म ल्याईयो आफ्नो कार्यकालमा किन अर्कोमा बिलय गराउनु भन्ने सोच ।
५) भुगोल र राजनैतिक गुटगत प्रभाव ।
सदस्यको तर्फबाट
१) ठुलो सस्था हुँदा बिगरन्छ कि भन्ने चिन्ता ।
२) सस्थागत सुशासन र बित्तीय अनुसासन बारे जानकारी नहुनु ।
३) आफ्नो लगानी र परिश्रम आफ्नै नजिकका ब्यक्तिको नियन्त्रणमा भएको हेर्न चाहनु ।
४) सानो होस् तर सुन्दर होस् भन्ने सोच ।
५) सहकार्यले नयाँ नयाँ अबसर श्रृजना गर्छ र राम्रो प्रतिफल दिन्छ भन्ने सोच नपुर्याउनु ।
(सस्थागत कारोबारको तर्फबाट )
१ शेयर पूँजि, जगेडा कोष, अचल सम्पतिको भिन्नता ।
२) कर्जा लगानीको जोखिम ब्यबस्थापन र अवस्था ।
३) उच्च ब्यबस्थापन र कर्मचारीको समायोजन ।
४) सस्थाको प्रकृति र कार्यक्षेत्रको प्रभाव ।
५) निक्षेप र कर्जाको कारोबार तथा ब्याजदरको भिन्नता ।
संघ तथा महासघको तर्फबाट
१) सहकारी क्षेत्रको सहि समस्या चिरफार गर्न नसक्नु ।
२) सरकारलाई सहकारी मैत्री र सस्थाहरुलाई सदस्य मैत्री बनाउने सोच नहुनु ।
३) सहकारी अभियानलाई एकत्रित गर्न नसक्नु ।
४) सहकारीको नेतृत्वमा राजनैतिक दलको प्रभाव हुनु ।
५) राजनैतिक दलको नेतृत्वमा सहकारी नेतृत्वको प्रभाव नहुनु ।
तिनै तहको सरकारको तर्फबाट
१) स्पष्ट नीति विधि र कार्यबिधी नहुनु ।
२) एकीकरणलाई प्रोत्साहन र सुबिधा नदिनु ।
३) सहकारीलाई निजिक्षेत्रको जस्तो सुबिधा नदिनु ।
४) सहकारी ब्यबसाय मैत्री कुनै कानुन नहुनु ।
५) सहकारीको क्षेत्रमा उच्चस्तरीय जनशक्ति उत्पादन नगर्नु । लगायतका धेरैछ्न, आ–आफ्नो भूमिका र समस्या । तर यिनै समस्याहरुको मात्रै सुधार गर्न सके पनि सहकारी सस्थाहरुलाई एकीकरण र सहकारी अभियान लाई एकत्रित गरि सहकारी ब्यबसायलाई सदस्य मैत्री र सम्मानजनक ब्यबसाय बनाउन सकिन्छ कि ? सबैले सोचौं एकपटक, अब समस्या नआवोस पटकपटक । जय सहकारी ।
Leave a comment