Sahakari Akhabar

जलवायु कार्यका लागि सहकारी

जलवायु कार्यका लागि सहकारी :: Sahakari Akhabar

सन् १९९२ मा आईसीए सदस्यहरु र सहकारी प्रवद्र्धन तथा विकास समिति (कोप्याक्) सदस्यहरुको संयुक्त पहलका कारण संयुक्त राष्ट्र संघीय महासभाले सन् १९९५ को प्रथम शनिवारलाई आईसीए स्थापनाको १ सय बर्ष पूरा भएको अवसरलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

-रञ्जनमणि पौड्याल 

विश्व सहकारी क्षेत्रका लागि प्रत्येक जुलाईको पहिलो शनिवारले बिशेष महत्व राख्दछ किनकि उक्त दिनलाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने प्रचलन छ । विश्वसँगै नेपाली सहकारी र सहकारीधर्मीहरुको सबैभन्दा महत्व बोक्ने उक्त पावन दिन यस वर्ष नेपाली मिति अनुसार असार २० अर्थात् आज परेको छ ।

संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस यस क्षेत्रका विषयमा जागरण पैदा गर्न र राष्ट्र संघ र सहकारी महासंघ (आईसीए) का परिपुरक लक्ष्य, उद्देश्य र योगदानको चर्चा गर्न मनाउने गरिन्छ । सन् १९९२ मा आईसीए सदस्यहरु र सहकारी प्रवद्र्धन तथा विकास समिति (कोप्याक्) सदस्यहरुको संयुक्त पहलका कारण संयुक्त राष्ट्र संघीय महासभाले सन् १९९५ को प्रथम शनिवारलाई आईसीए स्थापनाको १ सय बर्ष पूरा भएको अवसरलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसयता आईसीए र राष्ट्र संघले उक्त दिवसका लागि सहकारी प्रवद्र्धन तथा विकास समिति (कोप्याक्) मार्फत विषयवस्तु (थिम) तयार पार्दै आएको इतिहास छ । आईसीए संस्थापक सदस्य रहेको विश्वव्यापी नीजि तथा सार्वजनिक कार्यालयहरुको बहुसाझेदार निकाय कोप्याक्ले जनता केन्द्रित आत्मनिर्भर सहकारी उद्यमको वकालत गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवसको यस वर्षको नारा जलवायु कार्यका लागि सहकारी तय भएको  छ । सतही रुपमा हेर्दा यस वर्षको विषयवस्तु सहकारी क्षेत्रमै काम गर्नेहरुले समेत कम महत्वको आँकलन गर्न सक्छन् तर फराकिलो सोचको साथमा गमेर विश्लेषण गर्ने हो भने उक्त विषयवस्तु सान्दर्भिक र समयसापेक्ष छ । अझ भन्ने हो भने सहकारी जस्तो बलियो समुदायिक साथ भएको क्षेत्र केही वर्ष अघि नै यो विषयवस्तुसँग औपचारिक तरवरमा जोडिनु पर्दथ्यो भन्ने समेत लाग्न सक्छ । कोरोना कहरले झिनामसिना बिषय भन्दा विश्वव्यापी मुद्दामा आफ्ना ध्यान केन्द्रित गर्न सहकारी क्षेत्रलाई झक्झक्याएको छ । सहकारी, कृषि र जलवायुबीच अन्योन्याश्रित सम्बन्ध छ । पछिल्लो समयमा सहकारीको सैद्धान्तिक पक्षमा पर्यावरणीय पक्षलाई प्रधानता दिएसँगै यसको महत्व झन विस्तारित भएको हो ।

अर्को सान्दर्भिकता भनेको यो वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको विषयवस्तु संयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०३० सम्मका लागि तय गरेको दीगो विकासका १७ लक्ष्यहरुसँग पनि जोडिएको छ । लक्ष्य नं १३ जलवायु कार्य हो जसलाई नै यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको विषयवस्तु बनाइएको छ । सन् २०१६ मा क्यानाडाको क्यूबेकमा सम्पन्न आईसीएको शिखर बैठकका समयमा सहभागी संयुक्त राष्ट्र संघीय प्रतिनिधिहरुले सहकारीको साथ र सहयोग बिना २०३० को विश्वव्यापी लक्ष्य पूरा नहुने स्पष्ट धारणा राखेपछि तत्कालै आईसीएले आफ्नो सदस्य राष्ट्रका सहकारी निकायहरुलाई दीगो विकासका लक्ष्यहरु आत्मसात गर्न आग्रह गरेको थियो । तत्पश्चात सन् २०१७ देखि सहकारी क्षेत्र औपचारिक रुपमा यस महाभियानमा जोडिएको हो । हुन त दीगो विकासमा १७ वटै लक्ष्य प्राप्तिमा सहकारीले अग्रणी भूमिका खेल्न सक्छ र खेल्नुपर्छ पनि तर ती मध्ये पनि लक्ष्य १३ बढी संवेदनशील छ । २०३० को समयसीमा घर्किदैं गर्दा अबको एक दशक सहकारी क्षेत्रले जलवायु परिवर्तनका विश्वव्यापी असरहरु न्यूनीकरणमा विशेष भूमिका खेल्दा अपेक्षाकृत सफलता मिल्छ भन्ने संयुक्त राष्ट संघको ठम्याई हो ।

हुन त दीगो विकासमा १७ वटै लक्ष्य प्राप्तिमा सहकारीले अग्रणी भूमिका खेल्न सक्छ र खेल्नुपर्छ पनि तर ती मध्ये पनि लक्ष्य १३ बढी संवेदनशील छ । २०३० को समयसीमा घर्किदैं गर्दा अबको एक दशक सहकारी क्षेत्रले जलवायु परिवर्तनका विश्वव्यापी असरहरु न्यूनीकरणमा विशेष भूमिका खेल्दा अपेक्षाकृत सफलता मिल्छ भन्ने संयुक्त राष्ट्र संघको ठम्याई हो । 

संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमका अनुसार विश्वको औसत तापक्रम वृद्धि भएको छ, महासागरहरु तातो भएका छन्, हिउँको मात्रा घटेको छ, विश्वमा औसत समुद्री सतह बढेको छ भने कार्बनडाइअक्साइड उत्सर्जन सन् १९९० यता ५० प्रतिशतले वृद्धि भएको छ । जलवायु परिवर्तनकै कारण विश्व वाष्पीकरण, खडेरी, भोकमरी, चक्रवात तथा भयानक आँधीहुरीसँगै जल व्यवस्थापन समस्याका कारण कृषि तथा खाद्य सुरक्षामा प्रतिकुल असर परेको छ । यसका कारण स्वास्थ्य खतरा, अत्यावश्यक पूर्वाधारमा क्षति र बिजुली, पानी, शिक्षा, उर्जा जस्ता आधारभूत समस्या सम्बोधनमा अवरोध सृजना भएको छ ।

यसैकारण अब जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिसँग डटेर सामना गर्ने सामथ्र्यसँगै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैन । यसका लागि राष्ट्रिय नीतिहरुमा यी विषयहरुले प्राथमिकता पाउनुपर्छ । नीतिगत व्यबस्थामार्फत सामाजिक, आर्थिक र पर्यावारणीय असरहरु न्यूनकिरणमा ठोस कदम चालिनुपर्दछ । यस सम्बन्धमा व्यापक प्रचारप्रसारका माध्यमबाट शिक्षा र चेतना फैलाउने साझा ऐक्यबद्धता अत्यावश्यक भैसकेको छ । जलवायु असरले घाँटी निमोठ्ने भनेको फेरि पनि उही गरिब, निमुखा, अल्पसंख्यक, अशिक्षितहरुलाई नै हो । त्यसका लागि साझा विश्व मञ्च राष्ट्र संघले सहकारी क्षेत्रको साथ र समर्थन खोजेको छ । आईसीएको यो प्रयत्न एकदमै सान्दर्भिक, समय सापेक्ष र उत्तरदायी पनि छ । सहकारी क्षेत्रको प्रभावकारितालाई विश्व महत्ता प्राप्त भएको यसले पुष्टि गर्दछ । यो अत्यन्त सकारात्मक छ । राष्ट्र संघको आग्रह र आव्हनलाई सहकारी क्षेत्रले आफ्ना सबै निकाय र संघसंस्थाहरुमा समेट्नुपर्दछ । यो ग्रह र धर्ती बाँचे सदस्य  बाँच्ने हो र सदस्य रहे उद्यम, बचत, कारोवार जस्ता गतिविधिहरु सम्भव छ भन्ने चुरो कुरोलाई सहकारीक्षेत्रले हेक्का राख्नु जरुरी छ ।

सहकारी मार्फत कृषिका कुरा गर्दा जैविक खेती, नियमित वृक्षारोपण कार्यक्रम, वन सम्पदा र सामुदायिक वन संरक्षण, आकाशे पानी संरक्षण, परियोजनामा ऋण लगानी पूर्व वातावरणीय प्रभाव मूल्याङ्कन, वन्यजन्तु र बोटविरुवा संरक्षण आदि विषयलाई विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । सहकारी समूदायको पहरेदार भएको अर्थमा यसले समुदायस्तरमा प्रभाव पार्ने हरेक गतिविधिमा सरोकार राख्ने मात्र होइन आफुले सक्दो सहयोग गर्नुपर्छ भन्ने हो । समुदायमा व्यापक पहुँच बनाएको यो क्षेत्रका सदस्यहरुमा वातावरण जस्तो विषयमा सचेतनता र संवेदना वाञ्छनीय पनि छ ।

यस विषयमा आईसीएले आफ्नो आधिकारिक वेबसाईटमा प्रश्न गरेको छः तपाईले कसरी आफ्नो ग्रहलाई सहयोग गर्नुभयो ? जलवायु परिवर्तनका विरुद्धमा तपाईले के गरिरहनुभएको छ ? के तपाईको सहकारीले समुदायमा वृक्षारोपणका कार्यक्रमहरु सञ्चालन ग¥यो ? के तपाईले विद्यालयमा पुनप्र्रसोधन परियोजना सृजनामा सहयोग गर्नुभयो ? यस्ता वातावरणसँग प्रत्यक्ष सरोकारका विषयहरुमा आईसीएले सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ ।

वातावरण संरक्षणमा संलग्न स्वीडीय अभियन्ता १७ वर्षीया ग्रेटा थर्नवर्गको एक्लो प्रयासले विश्वमा सकारात्मक कम्पन ल्याउन सक्छ भने प्रत्यक्ष परोक्ष गरी झण्डै डेढ अर्ब जनता संलग्न सहकारी क्षेत्रले ऐक्यबद्ध भएर प्रयास गर्ने हो भने जलवायु परिवर्तनका भयावह असरहरु कम गर्न सम्भव छ । यस विषयमा आईसीएले आफ्नो आधिकारिक वेबसाईटमा प्रश्न गरेको छः तपाईले कसरी आफ्नो ग्रहलाई सहयोग गर्नुभयो ? जलवायु परिवर्तनका विरुद्धमा तपाईले के गरिरहनुभएको छ ? के तपाईको सहकारीले समुदायमा वृक्षारोपणका कार्यक्रमहरु सञ्चालन ग¥यो ? के तपाईले विद्यालयमा पुनप्र्रसोधन परियोजना सृजनामा सहयोग गर्नुभयो ? यस्ता वातावरणसँग प्रत्यक्ष सरोकारका विषयहरुमा आईसीएले सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ ।

जहाँसम्म अन्तर्राष्ट्रिय सहकारी दिवस जोडिएको नेपाली मास असारको कुरा छ, असार हाम्रा लागि खास छ । मध्य मनसुनको यो समय हाम्रा किसानकर्मीहरुका लागि मानो रोपेर मुरी फलाउने भ्याइँनभ्याइँको समय हो । यो खेतीकर्म सहकारीकर्मको सारथी पनि हो । अनौपचारिक रुपमा सहकारीको जन्म खेतीकर्मको परिणाम हो । बीउबीजनदेखि, सिंचाई, मल, कीटनाशक औषधि, आधुनिक खेतीका शस्त्रअस्त्रदेखि उत्पादन, भन्डारण, प्रशोधन र बजार हुँदै उपभोक्तासँग जोडिएको विषय हो किसानी । हाम्रो अर्थतन्त्रको दीगो आधार हो किसानकर्म । कोरोना भाइरसले उत्पात मचाएको सन्दर्भमा त झनै यो कर्मको महत्ता चुलिएको छ । सरकारदेखि प्रतिपक्षसम्म, संसददेखि सडकसम्म सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म खेतले अघाउँदी खुसी खाएको छ ।

यसै सातारम्भमा राष्ट्रिय धान दिवस समेत मनाई सकेका छौं हामीले । यति हुँदाुहँदै पनिदुर्भाग्यपूर्ण संयोग भन्नुपर्छ यो पटकको राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकारी दिवस दुवै कोभिड–१९ महामारीको प्रतिच्छायाँमा परे । यो अनपेक्षित तिक्तता असार २१ बाट इतिहास बन्दैछ । सहकारी साझा चासो र चिन्तनको विषय बन्न नसकिरहेको परिप्रेक्ष्यमा खेतमा सहकारी छरेर परिवेशजन्य समृद्धिको सपना बुन्ने बाटो खन्दै छौं हामी । शहरका सहकारीहरु अहिले गाउँ, समुदाय र सामाजिक सम्बन्धका कुरा गरेर अघाउँदैनन । सकारात्मक रुपमा जन्मिएका यी सन्तानको अल्पायुको चिन्ता छ हामीलाई । कोरोनाले वर्षाएको वित्तीय पीडाबाट ओत लाग्ने क्षणिक छाता ओडेको हो या साँच्चिकै महामारी र सम्भावित भवितव्यहरुले सहकारीमा पार्ने वा पार्न सक्ने दुरगामी असरलाई बेलैमा सम्बोधन गर्न स्थायी समाधानको बाटो भनेर कृषिलाई पहिचान गरेको हो त्यो त भविष्यको गर्भमै रहनेछ । यद्यपि, लक्षण भने नराम्रो होइन । यसले जानीनजानी अन्तर्राष्ट्रिय सहकारी अभियानलाई पनि सहयोग गर्दछ ।

विश्वव्यापी चासोको साझा मुद्दामा सहकारी क्षेत्रको संलग्नता आफैमा महत्वपूर्ण छ । बद्लिदो सन्दर्भमा अबको नयाँ नर्मल भनेको सहकारीमार्फत हरित क्रान्ति र हरित क्रान्तिमार्फत जलवायु कार्यको विषयवस्तुको समयमै सम्बोधन हो जसले अन्ततोगत्वा दीगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न सहयोग पु¥याउने  छ ।



Leave a comment