सहकारी संस्थामै उपस्थित भएर काम गर्ने आकाक्षामा केही तुषारापात गरेपनि छाता संगठनको यस प्रकारको निरन्तरको सूचना, शिक्षा र बहसपैरवीले घरबन्दीको यो समयमा ज्ञानको दायरालाई फराकिलो पार्ने गतिलो मौका मिलेको अनुभूत गर्दै भविष्यमा साथ र सहकार्यको क्षेत्र र आयामहरु थपिदै जाने विश्वास नेफ्स्कूनले लिएको छ । सुरक्षित, संयमित र मितव्ययी रहँदै कोभिड–१९ संकट विरुद्ध सावधानी अपनाऔं ।
-रञ्जनमणि पौड्याल
rmp19nefscun@gmail.com
लकडाउन सुरु हुनु केही दिनअघि नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र म ४ दिवसीय आवासीय तालिमको सिलसिलामा पोखरा जाने तरखरमा थियौं । प्राचार्य गणेश प्रसाद तिमिल्सिना र तालिम अधिकृत सुमन राज घिमिरे पनि संघीय राजधानी बाहिर जान झोलीतुम्बा कस्दै हुनुहुन्थ्यो । सदस्य सेवा विभाग सहकर्मीहरु पनि नियमित कामसँगै प्रशिक्षणमा जोडिदै हुनुहुन्थ्यो । यसबीच चैत ११ मा लकडाउन घोषणा भयो ।
चैत महिनाको तालिम कार्यक्रम फागुन अन्त्यमै स्वीकृतीका साथ यात्रारम्भमा जुटेका हामी अपेक्षित हुँदाहुँदै पनि गृहबन्दीको घोषणाले अन्योलमा पर्यौ । यस किसिमको प्राकृतिक भवितव्य कमसेकम मेरो उमेर भन्दा दुई दशक पाकाहरुले समेत नभोगेको स्थिति जो पैदा भएको थियो । युरोप र अमेरिकामा बढ्दो मानवीय क्षतिले निम्त्याएको सामाजिक आर्थिक नोक्सानीका साथै सामाजिक घुलनका सम्भावना क्षयीकरणका कारण तालिम र शिक्षाका विषयलाई कसरी सहकारीकर्मीहरु माझ प्रवाहीकरण गर्ने भन्ने यक्ष प्रश्नको स्वाभाविक जन्म भयो । यसबीच, मुलुकभरका वित्तीय सहकारी संस्था र संघहरुको एक्लो अभिभावक नेफ्स्कूनप्रति सम्पूर्ण वित्तीय सहकारीकर्मी र शुभचिन्तकहरुको ध्यानाकृष्ट हुनु अस्वाभाविक थिएन ।
सहकारीमा शिक्षा र तालिमको विषय विश्वव्यापी सैद्धान्तिक धरातलको दह्रो जगमा अडिएको जगजाहेर छ । त्यसकारण पनि यसको निरन्तरता हर हालतमा अपरिहार्य छ भन्ने निष्कर्षमा नेफ्स्कून सञ्चालक समिति र उच्च ब्यबस्थापन लकडाउन शुरु नहुँदै पुगेको बरिष्ठ उपाध्यक्ष एवम् प्रबक्ता चन्द्रप्रसाद ढकालले बताउनुभयो । सहकारी सुखमा भन्दा बढी दुःखमा काम लाग्छ भन्ने चरितार्थ गर्ने अवसर थियो लकडाउन । दैनिकीहरु देब्रिएको परिस्थितिमा सदस्य संस्थाहरुलाई सूचना, तालिम र शिक्षा प्रदान गर्दै सहकारीलाई वास्तवमै समुदायको साँचो साथी स्थापित गराउने संकलपमा नेफ्स्कून सञ्चालक समिति र उच्च व्यबस्थापन मतैक्य भएको प्रबक्ता ढकालको भनाइ थियो । त्यस अनुरुप नेफ्स्कूनले आफ्ना गतिविधिहरु प्रविधिमा आधारित विश्वासिलो, भरपर्दो र सहज भिडियो टेलिफोनी मार्फत सेवा परिलक्षित गर्ने काम अघि बढायो ।
नेफ्स्कूनका महासचिव एवम् तालिम शिक्षा उपसमिति संयोजक दामोदर अधिकारीको अग्रसरतामा एक दुई पटक बन्दाबन्दीमा तालिमका विषयवस्तु, पूर्व तयारी र संयोजन आदि विषयमा भर्चुअल छलफल भयो । लगत्तै इ–ब्रोसर बनाएर सदस्य साकोसहरुलाई नेफ्स्कूनको वेबसाइट, मेसेन्जर र अन्य इ–माध्यमबाट उपलब्ध गराइयो । यसैलाई आधार मानेर साकोसहरुले सदस्यहरुलाई कोभिड–१९ संकट विरुद्ध स्वास्थ्य सजगता अपनाउने, सदस्य सेवालाई सुरक्षित तवरमा निरन्तरता दिने, राहतमा जोडिने आदि सूचना संप्रेषण गरेको जानकारी पायौं । सुरुवाती चरणमा कोभिड महामारी लक्षित श्रब्य दृश्य सामाग्री, सूचना र जानकारीलाई जोड दिएपनि बन्दाबन्दी लम्बिदै गएको अवस्थामा संस्था सञ्चालनका तौरतरिका, बचत तथा ऋण परिचालन, आकस्मिक सेवा, तरलता व्यबस्थापन, आदि विषयहरुमा नेफ्स्कूनले आफ्ना ई–फोरमहरु केन्द्रित गरेको छ ।
नढाँटी भन्नुपर्दा एउटै फोरममा परितोष पौड्याल र शिवजी सापकोटाको अनलाईन प्रशिक्षणको अवसर (विशुद्ध प्रशिक्षण) यसअघि कमै सहकारीकर्मीले पाउनुभएको थियो होला । त्यस्तै, सञ्जयराज तिमल्सिना, दुर्गा प्रसाद ढकाल, गणेश प्रसाद तिमिल्सिना र बल्लभ तिमलिसनाका अतिरिक्त भीम गुरुङ, कृष्ण कुमार श्रेष्ठ, इश्वर न्यौपाने, मिलन ढकाल, माधव पौडेल, रण बहादुर थापा, राजेन्द्र प्रसाद दुमरु, विवेक राज ठकुरी, शान्ता राई, अनिता गुरागाईहरु जस्ता सफल प्रमुख कार्यकारी अधिकृतहरुको अनुभव, सल्लाह, सुझाव र योजनाहरु घरमै बसेर निःशुल्क बेबिनारमार्फत जानकारी पाउन सम्भवतः पहिला साइत जुरेको थिएन होला ।
बन्दाबन्दी सुरु भएपछि नेफ्स्कूनले बैशाख २९ गते आयोजना गरेको पहिलो भर्चुअल प्रशिक्षणमा अध्यक्ष परितोष पौड्याल र प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा जोडिनुभयो । अंग्रेजी भनाई ‘फस्ट इम्प्रेशन इज् द लास्ट इम्प्रेसन’ भनेझै नेफ्स्कूनले सम्पूर्ण रुपमा प्रविधिमार्फत प्रशिक्षणको शुभारम्भमै वित्तीय सहकारी क्षेत्रका दुई बिशिष्ट हस्तीहरुमार्फत ब्रहास्त्र छोड्यो । ‘सदस्य सुरक्षा सिद्धान्तको सैद्धान्तिक, प्राविधिक र व्यावहारिक पक्ष र महामारीमा साकोसहरुको भूमिका’ विषयक उक्त कार्यक्रमले प्रत्यक्ष रुपमा १ सय सहकारीकर्मीहरु जोडिने, केही सफल सहकारीका व्यबस्थापन प्रमुखहरुको अनुभव सुन्ने र फेसबुक च्याट एवम् प्रत्यक्ष प्रसारणमार्फत हजारौं सहकारीकर्मीहरुले लाभ लिने अवसर जुरायो ।
प्रशिक्षकद्धयले सहकारीहरुलाई प्रविधिमा सहज पहुँच विस्तार गर्न समयले घच्घच्याएको धारणा राख्नुभयो । सहकारीहरुलाई साँच्चै पुरातनवादी सोचको संकुचनबाट माथि उठाउन प्रविधिमा अग्रगामी छलाङ आवश्यक भएको पृष्ठभूमिमा ताजा तनाबले कम्मर कसेरै लाग्न उर्जा र हौसला प्रदान गरेको उहाँहरुको भनाई थियो । धेरै अघि देखि उठान गर्दै आएको यो विषयलाई धेरै वित्तीय सहकारीकर्मीहरुले प्राथमिकीकरण गरिसक्नुभएको धारणा भर्चुअल फोरममा जोडिनुभएका विभिन्न साकोसहरुका उच्च व्यबस्थापकहरुले राख्नुभयो ।
यस कार्यक्रममा प्रत्यक्ष र कार्यक्रम समापन भएपछि औपचारिक र अनौपचारिक माध्यमबाट प्राप्त प्रतिक्रियाहरुले नेफ्स्कूनलाई थप हौसला प्रदान गर्यो । हुनत इ–फोरमको रुपमा भर्चुअल तालिमको अभ्यास नेफ्स्कूनका लागि पनि नौलो थियो । शुरुका प्रशिक्षणमा १ सय जना मात्र जुममा प्रत्यक्ष जोडिनसके पनि हाल ५ सय जना एकै पटक प्रत्यक्ष अन्तरक्रिया सहितको वेबिनार सम्भव भएको छ । सहकारीकर्मीहरुको बढ्दो सहभागिता र सकारात्मक प्रतिक्रियाहरुले उर्जा थप्ने काम मात्र गरेको छैन, बन्दाबन्दीपछि पनि अनलाईन शिक्षा र तालिमकका कार्यक्रमलाई निरन्तता दिने सोचलाई कार्यान्वयनको तहमा उतार्दै गरेको अवस्था छ ।
त्यसअघि, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा सहकारी पत्रकार समाजले बैशाख २७ गते आयोजना गरेको ‘सहकारीको वित्तीय सेवामा प्रविधिको प्रयोग’ विषयक भिडियो टेलिफोनीमा सहभागी हुनुभएको थियो जहाँ उहाँले धेरै सहकारीहरु प्रविधि मैत्री भएको उदाहरण प्रस्तुत गर्दै यससम्बन्धी कानुनी अड्चनहरुलाई राज्यले फुकाउँदै लानुपर्ने धारणा राख्नुभएको थियो । उहाँको यस कार्यक्रमको निचोड भोलीपल्टको राष्ट्रिय अखबार कोरोबार दैनिकसँगै विभिन्न सहकारी अनलाईन सञ्चारमाध्यममा हट केक भएको थियो ।
यसैलाई आधार मानेर राजधानी बाहिर रहेका सहकारीहरुले स्थानीय एफ एममार्फत छलफल चलाएका समाचारहरु अनलाइन कभरेजमा परेका थिए । विभिन्न ११ वटा संस्थाले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल तालिममा जेठ ३ गते शिवजी सापकोटा र सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईसँग सहजिकरण मार्फत चन्द्रागिरी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ जोडिनुभएको थियो । यसले सहभागीहरुलाई वित्तीय कारोबार गरिरहेका नेफ्स्कून र बैंकको धारणा जान्न सहज भयो भने पछिल्लो चरणमा दुई निकायबीचको कार्यगत एकताको कुरालाई प्रष्टाउन मद्दत पुर्यायो । सँगै महामारीमा नेफ्स्कून र बैंकका साझा सदस्यले कसरी वित्तीय गतिविधिलाई अघि बढाउनुपर्छ भन्ने विषयमा यथेष्ट जानकारी प्रदान गर्यो ।
त्यसपछि नेफ्स्कून तालिम केन्द्रले जेठ १ गते ‘बन्दाबन्दीमा ऋण ब्यबस्थापन’ विषयक भर्चुअल तालिम आयोजना गर्यो । उक्त कार्यक्रममा पनि थुपै प्रत्यक्ष र हजारौ फेसबुकमार्फत जोडिनुभएको थियो । लगत्तै जेठ ४ गते ‘बन्दाबन्दीमा बचत व्यबस्थापन’ तालिम पनि आयोजना गरियो । उक्त कार्यक्रमको श्रीगणेश गर्दै नेफ्स्कूनका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले विपदको सबभन्दा ठूलो सहयोग भनेको नै सही सूचना र समयसापेक्ष शिक्षा भएकोमा जोड दिनुभएको थियो ।
साँच्चै २१ औं शताब्दीमा त्यो नै सबैभन्दा धनी गनिन्छ, जो सँग सुचनाको सर्वसुलभ पहुँच छ । उहाँको भनाईमा नेफ्स्कून मुखरित थियो । यस्तो पुनीत कार्यलाई अघि बढाउँदै जेठ ९ गते तरलता व्यबस्थापन विषयको वेबिनार तय भैसकेको छ भने पारिवारिक बजेट निर्माण, वित्तीय एवम् मनोसामाजिक परामर्श, लघु सहकारी जस्ता विषयमा भर्चुअल भेटघाटलाई बाक्लो बनाउँदै लाने तयारीमा नेफ्स्कून रहेको प्रबक्ता चन्द्रप्रसाद ढकालले जानकारी गराउनुभयो ।
नेफ्स्कूनले भर्चुअल माध्यमबाट सामाजिक सञ्जालका अतिरञ्जित अफवाहको पछि नलाग्न, आधिकारिक र विश्वसनीय सञ्चारमाध्यमको मात्र भर पर्न, समाचारहरुको सीमितता गर्न, सदस्यहरुलाई घरायसी काम, कौसी खेती, बगैचा हेरचाह, कम्तिमा ६ महिनाको पारिवारिक बजेट निर्माण, भावी योजनाका विषयमा पारिवारिक छलफल, २५ प्रतिशत तरलता, सदस्य र कर्मचारी सुरक्षा, जस्ता अति आवश्यक विषयहरुमा निरन्तर सूचना सम्प्रेषण गरिरहेको छ । यसैगरी, विश्व ऋण परिषद र एशियाली ऋण महासंघसँग पनि नेफ्स्कूनका उच्च व्यबस्थापन भर्चुअल भेटघाट गरेर अन्तर्राष्टिय असल अभ्यास, सुझाव र अनुभवहरु घरभित्रका सहकारीकर्मीहरुसँग बेबसाइट, आधिकारिक फेसबुक पेज लगायतबाट साट्ने काम गरेको छ ।
यसबाहेक सदस्य सेवा विभाग अन्तर्गत एक्सेस र प्रोबेसन जस्ता गुणस्तर सुनिश्चिताका मान्यताप्राप्त कार्यक्रम र कब्र्समा सहभागी संस्थाहरुका व्यबस्थापनसँग पनि नेफ्स्कूनका यी कार्यक्रमसँग प्रत्यक्ष र परोक्ष जोडिनुभएका सञ्चालक, उप–समिति सदस्यहरु, विभागीय प्रमुख क्षेत्रीय प्रमुख र सम्बन्धित अधिकृतहरु निरन्तर जुममार्फत छलफलमा जोडिनुभएको छ ।
केही साकोसकर्मीहरुले सदस्यहरु इन्टरनेट र जुम एप्लिकेशनमा अभ्यस्त नभएको विषय उठाइरहँदा उहाँहरुले पनि सदस्यहरुलाई यस्ता अत्यावश्यक विषयमा सुुसूचित हुने र प्रयोग गर्न प्रेरित गर्ने अवसरका रुपमा प्रयोग गर्न सुझावहरु प्रदान गरिएको छ । महामारीमा विपद व्यबस्थापन सम्बन्धि १९ बुँदे निर्देशिका, कार्यविधि, भर्चुअल तालिम कार्यविधि, व्यक्तिगत स्वास्थ्य सुरक्षा सम्बन्धी श्रव्य सामाग्री, तरलता, सदस्य सम्बन्ध र राहत ब्यबस्थापन अनलाईन प्रश्नावली जस्ता लकडाउन अवधिका नेफ्स्कूनको कामको सबैले उच्च प्रशंसा गरेका छन्
श्रव्य दृश्य, वेबिनार, बैठकको रेकडिङ र प्रत्यक्ष च्याट जस्ता बहुउपयोगी सुविधाको भरपुर प्रयोग गर्ने कारण पनि जुम ऐप्लिकेशन पहिलो रोजाई बन्यो र यसकै माध्यमबाट धेरै भन्दा धेरै सदस्य साकोस र सहकारीकर्मीहरुसम्म पुग्न, आफ्ना कुरा राख्न र जिज्ञासा, अनुभव र आवश्यकताहरु पूर्ति गर्न सक्ने ठानेर निरन्तर जोडिइरहेको अवस्था छ । यस्तै, भिडियो टेलिफोनीमार्फत नेफ्स्कून सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उप समितिहरुका बैठक र तिनका निर्णयहरुले हजारौं सहकारीकर्मीहरुलाई महामारीको अवस्थामा ज्ञान, सूचना र तालिमको खुराक पस्किरहेका छन् ।
साझा विपत्तिको समयमा नेफ्स्कूनले गरेको यस प्रकारको प्रयासको सदस्य संस्थाका सञ्चालक तथा ब्यबस्थापनले उच्च मुल्यांकन गरेको खबर प्राप्त भएका छन् । सबैले भने जस्तै यो हाम्रो लागि पनि अवसर हो र अवसर सबै साकोसहरुका लागि पनि । केही साकोसकर्मीहरुले सदस्यहरु इन्टरनेट र जुम एप्लिकेशनमा अभ्यस्त नभएको विषय उठाइरहँदा उहाँहरुले पनि सदस्यहरुलाई यस्ता अत्यावश्यक विषयमा सुुसूचित हुने र प्रयोग गर्न प्रेरित गर्ने अवसरका रुपमा प्रयोग गर्न सुझावहरु प्रदान गरिएको छ । महामारीमा विपद व्यबस्थापन सम्बन्धि १९ बुँदे निर्देशिका, कार्यविधि, भर्चुअल तालिम कार्यविधि, व्यक्तिगत स्वास्थ्य सुरक्षा सम्बन्धी श्रव्य सामाग्री, तरलता, सदस्य सम्बन्ध र राहत ब्यबस्थापन अनलाईन प्रश्नावली जस्ता लकडाउन अवधिका नेफ्स्कूनको कामको सबैले उच्च प्रशंसा गरेका छन् । नेफ्स्कूनको मार्गनिर्देशनका आधारमा हजारौं सहकारीहरुले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उप–समिति तथा ब्यबस्थापनका भर्चुअल बैठकहरु गरेका छन् । पहुँच पुगेका सहकारीहरुले दुर सदस्य शिक्षा कार्यक्रम सञ्चालनलाई निरन्तरता दिनु खुसीको कुरा भएको छ ।
बन्दाबन्दीको समयमा नेफ्स्कूनले आयोजना गरेका तालिम र शिक्षाका ई–फोरमहरु लेखक स्वयंका लागि पनि उपयोगीसिद्ध भएका छन् । नढाँटी भन्नुपर्दा एउटै फोरममा परितोष पौड्याल र शिवजी सापकोटाको अनलाईन प्रशिक्षणको अवसर (विशुद्ध प्रशिक्षण) यसअघि कमै सहकारीकर्मीले पाउनुभएको थियो होला । त्यस्तै, सञ्जयराज तिमल्सिना, दुर्गा प्रसाद ढकाल, गणेश प्रसाद तिमिल्सिना र बल्लभ तिमल्सिनाका अतिरिक्त भीम गुरुङ, कृष्ण कुमार श्रेष्ठ, इश्वर न्यौपाने, मिलन ढकाल, माधव पौडेल, रण बहादुर थापा, राजेन्द्र दुमरु, विवेक राज ठकुरी, शान्ता राई, अनिता गुरागाईहरु जस्ता सफल प्रमुख कार्यकारी अधिकृतहरुको अनुभव, सल्लाह, सुझाव र योजनाहरु घरमै बसेर निःशुल्क बेबिनारमार्फत जानकारी पाउन सम्भवतः पहिला साइत जुरेको थिएन होला ।
नेफ्स्कून आबद्ध भैसकेपछिको यो करिब १० महिने कार्यकालको सबैभन्दा उपलब्धिमुलक समयका रुपमा यो ५६ औं दिन (आजसम्म) को अवधिलाई लिएको छु । सिक्न, बुझ्न र जान्न मात्र होइन सहकारी र यस बाहेकका थोरै जाने बुझेका विषयहरुमा सिर्जनात्मक सक्रियता कायम राख्ने अवसर यो बन्दाबन्दीले मलाई प्रदान गरेको छ । समुदायस्तरमा संक्रमण फैलिएको मात्र होइन २ जनाको ज्यान समेत गएको अवस्थामा १५ दिन थपेर यही जेठ २० गतेसम्म लकडाउन थप्ने सरकारको निर्णयले भौतिक रुपमा सहकारी संस्थामै उपस्थित भएर काम गर्ने आकाक्षामा केही तुषारापात गरेपनि छाता संगठनको यस प्रकारको निरन्तरको सूचना, शिक्षा र बहसपैरवीले घरबन्दीको यो समयमा ज्ञानको दायरालाई फराकिलो पार्ने गतिलो मौका मिलेको अनुभूत गर्दै भविष्यमा साथ र सहकार्यको क्षेत्र र आयामहरु थपिदै जाने विश्वास नेफ्स्कूनले लिएको छ । सुरक्षित, संयमित र मितव्ययी रहँदै कोभिड–१९ संकट विरुद्ध सावधानी अपनाऔं । जय सहकारी । ।
Leave a comment