हाइलाइट

पचहत्तर लाख राहत सहयोग गरिसेका छौं

पचहत्तर लाख राहत सहयोग गरिसेका छौं :: Sahakari Akhabar

भक्तपुर । शिखरदीप बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माले लकडाउनको समयमा सहकारीबाट ७५ लाख जतीको खाद्यान्न लगाएतको राहत सहयोग गरिसकेको बताएका छन् । उनले हुँदा दिने र आपदमा सहयोग गर्नुनै सहकारीको धर्म भएको बताए । उनले भने देश भरि संस्थाका उत्पादन उपकार ब्राण्डका चामल तथा खाद्यान्नहरु विपदमा परेकालाई सहयोग गर्दै आएका छौं ।

सहकारी संस्थाहरुले सम्भव भएसम्म सामाजीक कार्य गर्न पछि पर्न नहुने र आवश्यकता परेको खण्डमा अझै पनि सहयोग गर्ने बताएका छन् । संस्थाले शुक्रवार काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका १० स्थित पाथीभारा टोलमा बसोबास गर्ने विपन्न तथा आपांगता भएका ४० परिवारलाई खाद्यन्न लगायतका राहत सामग्रि वितरण गरेको थियो ।

कार्यक्रममा अध्यक्ष शर्माले सहयोग गर्न पाँउँदा खुसी भएको बताए । राहत वितरण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई र काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघका सञ्चालक महाशंकर रेग्मीले लकडाउनका कारण दैनिकी चलाउन समस्या खेपिरहेका विपन्न परिवारलाई चामल, दाल र तेल वितरण गरेका थिए ।



Leave a comment