हाइलाइट

कसैको भर नपरौं, आफै दरो बनौं

कसैको भर नपरौं, आफै दरो बनौं :: Sahakari Akhabar

काठमाडौं । लकडाउन पछि सहकारीमा आउने समस्यामा राज्यको र सहकारी अभियानको भर नपरी सहकारीहरुले आफै ब्यबस्था गर्नु पर्ने सहकारीका संचालकहरुले बताएका छन् । उनीहरुले सहकारीलाई राज्यले पनि नहेरेको र अभियानका अभिभावक संघहरुले पनि विपदमा महत्वपूर्ण भूमिका खेल्न नसकेको हुनाले संस्था आफै बलियो बन्नु पर्ने बताएका हुन् ।

सहकारी हकहित राष्ट्रिय समाजले गरेको भच्र्युअल छलफलमा बोल्ने बक्ताहरुले संस्थाहरुले तरलता ब्यवस्थापन गर्दै संस्थामा भएका सदस्यहरुसंग समन्वय गरेर अगाडी बढ्नुपर्ने बताए । उनीहरुले बर्तमान अवस्था भन्दा लकडाउन पनि झनै जटिल अवस्था आउने हुँदा सर्तकर्ता अपनाउनु पर्ने बताए ।

छलफलमा सहभागी विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था काभ्रेका प्रमुख ब्यवस्थापक केबी लामाले यस्तो अवस्थामा संस्थाका सदस्यको ब्यवसाय बन्द भएको हुनाले ऋण र ब्याज नउठ्ने, बचत मात्र फिर्ता गर्नु पर्ने भएकोले संस्थाले सदस्यको ब्यवसाय चल्ने समयसम्म कुर्नुपर्ने गरी दरो भएर बस्ने पर्ने बताए । उनले तरलता ब्यवस्थापनकालागि सहकारी बैंक तथा केन्द्रिय संघहरुलाई सहयोग माग्नु सकिने समेत बताए ।

छलफलमै सहभागी अर्का बक्ता बहुआयमिक कृषि बचत तथा ऋण सहकारी संस्थाका संचालक ध्रुव खनालले सहकारीले चाहेर पनि सेवा दिन नसकेको बताए । उनले बचत तथा ऋण दुवै सदस्यलाई कन्भिन्स् गरेर संस्थाले समस्या टार्न सकिने र विपदमा सदस्यहरुले पनि बुझ्नु पर्ने विचार राखे । दैनिक कार्यालय खोलेर सदस्यलाई सेवा दिए पनि, ऋणी सदस्य ऋण तिर्न नआउने र बचत मात्र फिर्ता गर्नु पर्ने भएकोले अरु वित्तिय संस्थालाई जस्तै सहकारीलाई पनि राज्यले सहयोग गर्नु पर्ने बताए ।

आश्रय बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक राजेन्द्रकृष्ण श्रेष्ठले सहकारीका नेताहरुलाई भाषणमा मात्र सिमित भएकाले विपद्मा सहकारीले सेवा दिने विषयमा समन्वयकारी भूमिका खेल्न नसकेको बताए । उनले अभियानले प्रशासनसंग समन्वयकारी भूमिका नखेलेकोले भए पासको ब्यवस्था नभएर सदस्यहरुले सेवा लिन नपाएको गुनासो पाए ।

उनले संस्थाहरु आफ्नै बलबुँतामा सदस्यहरुलाई जेनतेन सेवा दिएको बताए । उनले सहकारीले संस्था मात्र खोलेर नहुने भन्दै, सदस्य संस्था सम्म आउन नपाए पछि कसरी सेवा दिने प्रश्न गरे । अर्का सहभागी देवराज न्यौपालेले कर्जा असुली गर्न नमिले पनि सदस्इलाई विपदमा बचत फिर्ता गर्नु पर्ने भएकोले पछि सहकारीहरुमा तरलता समस्या आउने भएकोले केन्द्रिय संघहरुले सहयोग गर्नु पर्ने बताए । उनले सहकारी, सहकारी बीच समन्वय गरेर भएपनि समस्या समाधान गर्नु लाग्नु पर्ने विचार राखे, लकडाउन पछि सहकारीहरुले मर्जको बाटो रोज्नुनै उक्त विकल्प हुने उनको विचा। थियो ।



Leave a comment