हाइलाइट

लकडाउनमा के गर्दैछन् सहकारीकर्मी

लकडाउनमा के गर्दैछन् सहकारीकर्मी :: Sahakari Akhabar

लकडाउनको यो समयमा भौतिक उपस्थितिको असमर्थता भएपनि प्रविधिको सदुपयोग गर्दै सहकारीकर्मीको दैनिकीको जानकारी लिने कोशिस गरेका छौं । एकै पटकमा सवैलाई अटाउन सम्भव छैन, त्यसैले क्रमस हामी यहाँहरुसंग निकटत रहने छौं । यद्यपि,आमसञ्चारको माध्यम प्रयोग गरी केही सहकारीकर्मीको दैनिकी बुझ्ने जमर्को गरेका छौं । सबै सहकारीकर्मीहरुलाई एकै मेलोमा मिलाउन सम्भव नभएपनि निरन्तर हामी समेट्दै जाने छौं । यस विषम् परिस्थितिमा सहकरी क्षेत्रले के कस्तो काम गरिरहेको छ, यथार्थता आम जनमानसमा पुर्याउने हाम्रो जमर्कोमा यहाँहरुको साथको अपेक्षा पनि गरिएको छ । यसै जमर्कोमा सहकारी अखबारले केही व्यक्तीत्वहरुसँग ‘रिमोट कम्युनिकेशन’ को माध्यमबाट तयार गरेको ‘भर्चुअल भक्सपप’ को दोश्रो भाग ।

केदार मानन्धर
संचालक, राष्ट्रिय सहकारी बैक तथा अध्यक्ष, सितापाइला बहुउद्देश्यीय सहकारी काठमाडौं

विषेशत लकडाउनको समयमा घरमा बस्दा पनि बेग्लै आनन्दको महसुस भएको छ । अहिले दुई घण्टा कार्यालयको काम गर्ने, अर कर्मचारीहरुलाई त्यसपछि पनि सेवा दिन ब्यवस्था मिलाउने घरबाटै रकम ट्रान्सफरलगाएतका काम भइरहेका छन् ।

त्यसपछि केही समय स्थानीय तहका वडा, वडाहरुमा दिन दुःखि, विपत्मा परेकाहरुलाई खानाको व्यवस्था गर्न वडा कार्यालय, नगरपालिका कार्यालयलगाएत संग समन्वय गरेर काम गरिरहेका छौं । विहानको समय विषेशत योग ध्यान र शारिरिक ब्यायम गर्छु । र सवै भन्दा महत्वपूर्ण कुरा मलाई आर्ट गर्न धेरै मन पर्छ चालिस साल तिर धेरै पुस्तकहरुमा कभरकालागि आर्ट गर्ने गरेको थिए ।

धेरै समय भएको थियो समय अभावले आर्ट गर्न पाएको थिइन्, लकडाउनले अहिले चित्र कोर्ने, विभिन्न पुस्तकहरु अध्ययान गर्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने, घर सरसफाई गर्ने, इन्टरनेटमार्फत आर्थिक र राजनितिक नेताहरुको जिवनी, लेख रचना, पुस्तकहरु अध्यायन गर्ने गरेको छु । लकडाउनलाई पूर्ण पालना गर्दै प्रविधिको प्रयोग गरेर सामाजिक कार्यमा पनि सकृय भएर दिन वितेका छन् ।

अरविन्दचन्द्र अमात्य
अध्यक्ष, अर्थ बहुउद्देश्यीय सहकारी संस्था, लगनखेल ललितपुर

सरकाले गरेको लकडाउनको पूर्णपालना गरेका छौं, सपरिवार हामी घरमै बसेका र्छौ । शुरुका दिनमा दुई घण्टा भएपनि कार्यालय खोलेर सदस्यलाई सेवा दिएका थियौं । अहिले त त्यो अवस्था पनि रहेन, प्रशासनले हिड्नै दिएको छैन् । पासको ब्यवस्था नभएको कारण सदस्यलाई मर्का पर्दा पनि घर बाटै ब्यक्तीगत पैशा दिएर सहयोग गरिरहेको छु । यदी सहकारीका अभिभावक संघहरुले सहकारीकालागि स्थानीय प्रशासनसंग समन्वय गरेर कम्तीमा पनि पासको ब्यवस्थाकालागि पहल गरेको भए सहकारी मार्फत सदस्यले सेवा पाउने थिए । घरबाटै अफिसका केही काम गरिरहेको छु । संस्थाका संचालक समितिका पदाधिकारीहरुसंग अनलाइन मिटिङ बसेर संस्थाले दिने सेवाका विषयमा छलफल गर्ने गरेको छु । प्रविधको प्रयोग गरी आफन्त साथी भाईसंग कारोना भाइरसको संक्रमणबाट सुरक्षित रहने विषयमा छलफल तथा सल्लाह सुझाव आदान प्रदान भइरहेको छ । सदस्यलाई फोन गरेर हालखवर बुझ्ने, घर करेसाबारीमा काम गर्ने, समाचारहरु पढ्ने हेर्ने, सामाजीक संजालको प्रयोग गर्ने, शारिरिक ब्यायाम गर्ने काम भइरहेको छ । लकडाउनका कारण परिवारसंग धेरै समय विताउन पाएकोमा परिवार धेरै खुसी छन् । लकडाउनको सवैले पालना गरेर आफु बच्ने र अरुलाई पनि बचाउने काम हुन्छ सवैले पालना गरौं ।
 

शम्भु घिमिरे
अध्यक्ष, दुर्गाभवानी बचत तथा ऋण सहकारी संस्था, काठमाडौं

लकडाउनमा घरै बसेर सम्भव भएसम्मका प्रविधिको सही सदुपयोग गरी यो महामारीबाट आफू बच्ने र अरुलाई पनि संक्रमणबाट बचाउने तर्फ लाग्नु पर्छ मैले पनि लकडाउनको पूर्ण पालना गरेर परिवासंगै बसेको छु । अफिसका कामकालागि एकजना कर्मचारीलाइ २४सै घण्टा कार्यालयमा राखेका छौं अत्यावश्यक अवस्थामा सदस्यलाई सेवा दिन । मेरो अधिकांश समय धार्मिक तथा सफल ब्यक्तीहरुको जिवनी जस्ता पुस्तक पढ्ने इन्टरनेटमा अध्यायनकालागि नयाँ नयाँ कुराको खोजी गर्ने, समाचारहरु हेर्ने पढ्ने र सुन्नेमै समय वितेको छ । त्यस बाहेक म लायन्स क्लवमा पनि आवद्ध भएको हुनाले यस क्लवमार्फत विपत्कालागि आएका राहत सामाग्री, स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने । विपत्मा परेकाहरुलाई सहयोग गर्ने, आफन्त, साथीभाईहरुसंग फोन, इन्टरनेट मार्फत सम्पर्कमा रहने । कोरोना भाइरस संक्रमणबाट बच्न सन्देशमुलक सूचना तथा सन्देशहरु सम्प्रेशण गर्ने गरेको छु । महामारीको अवस्थालाई हेरेर सवै सहकारीले सेवा दिनु पर्छ संस्थाले तरलताको ब्यवस्थापन गर्दै सचेतना फैलाउँदै  आफु बच्ने र अरुलाई बचाउने काम गर्नु पर्छ । भोलिका दिनकालागि वित्तिय सहकारीहरु सजग पनि रहनु पर्छ । सदस्यहरुले पनि देशको अवस्थालाई वुझेर संस्थासंग काम गर्नु हुनेछ । भोलीका दिनमा केन्द्रीय संघहरुको भूमिका महत्वपूर्ण हुन्छ । 

केबी लामा
प्रमुख ब्यवस्थापक, बिन्धवासिनी साकोस, काभ्रे

घरमै बसे पनि अधिकांश समय, प्रविधिको प्रयोग गरेर अफिसको काममा व्यस्त  हुने गरेको छु । हाम्रा धेरै ठाउँमा सेवाकेन्द्रहरु भएकोले भौगोलिक अवस्था अनुसार समय र व्यवस्थापन मिलाउदै सदस्यलाई सेवा दिने विषयमानै समय गएको छ । त्यसकासाथै दैनिक दुई घण्टा कार्यालय पनि खोलेर सेवा दिइरहेका छौं ।

संचालक समिति सहितको उच्च ब्यवस्थापनको एउटा समितिसंग संस्थाका काम र यो अवस्थामा सदस्यलाई दिने सेवाका विषयमा छलफल गर्ने गरेका छौं । त्यसका साथै म बनेपामै घरमा परिवार संग बसेको छु । पविारमा दुई जना बच्चा र हामी श्रीमान, श्रीमती छौ । सरकारले लगाएको लकडाउनको पूर्ण पालना गर्दै, आफू सुरक्षित रहँदै, अरुलाई पनि सुरक्षित रहन जन चेतना बाँढ्ने, सामाजिक संञ्जालमा सहभागी हुने, दैनिक गतिविधिहरुको जानकारी लिने, गीत संगीत सुन्ने, समाचारहरको जानकारी लिने गरेर दिन वितिरहेका छन् । घरमा बस्ने बानी नभएकोले शुरुका दिनमा उकुस मुकुस भएपनि परिवारलाई प्रयाप्त समय दिन पाएकोमा परिवार पनि खुसि भएका छन् ।

बैकुण्ठ मिश्र
सहकारीकर्मी, नुवाकोट

अहिले म परिवार सहित काठमाडौंको मजमैजुमा बसेको छु । विहान योग ध्यान पछि पविारलाई खाना बनाउन सघाउँछु, करेसाबारी, तरकारी बारीमा केही समय बिताउँछु । त्यस पछि दिनभरीका गतिविधिहरुमा रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, अनलाइन समाचारहरु हेर्ने पढ्ने र सुन्ने गरेको छु । त्यसपछि आपत् विपत्मा परेकाहरुलाई सहयोग गर्न स्थानीय तहहरुसंगको सहकार्यमा राहत, स्वास्थ्य सामाग्री वितरणकालागि समन्वय गर्ने गरेको छु । अनि हामीले नुवाकोटमा २८ जना मिलेर ३ सय रोपनी जग्गामा सामुहिक खेतकिो सुरुवात गरेका छौं त्यसबाट उत्पादन भएका तरकारीहरु विक्रीकोलागि सहजीकरणको ब्यवस्था पनि टेलीफोन लगाएतको प्रयोग गरेर गर्ने गरेको छु । त्यसको अलवा १५ सय रोपनी जग्गालाई चक्लाबन्दी गरेर कृषि उपज उत्पादनकोलागि तयारी गरीरहेका छौं चक्लाबन्दीको काम भइरहेको छ । अरु कामकोलागि सम्वन्धित निकायसंग पनि प्रविधि मार्फत छलफल तथा समन्वय गर्ने काम भईरहेको छ । यसमा राज्यको डेढ करोड सहयोग भएको छ, यसलाई मेशिनरी सामाग्री खरिद गरी कामलाई अघी वढाएको हुनाले यसलाई सफल बनाउन सरोकारवालाहरुसंग नियमित सल्लाह सुझाव तथा छलफल गरिरहेको छु ।

 



Leave a comment