हाइलाइट

लकडाउनमा सहकारीकर्मीहरुको दिनचर्या 

लकडाउनमा सहकारीकर्मीहरुको दिनचर्या  :: Sahakari Akhabar

‘लकडाउन’ (बन्दा बन्दी) को यो समयमा भौतिक उपस्थितिका साथ सवैको दिनचर्याको अवस्थाको जानकारी लिन सम्भव छैन । यद्यपि, आमसञ्चारको यो माध्यम प्रयोग गरी केही वित्तीय सहकारीकर्मीको दैनिकी बुझ्ने जमर्को गरेका छौं । सबै सहकारीकर्मीहरुलाई एकै मेलोमा मिलाउन सम्भव नभएपनि निरन्तर हामी समेट्दै जाने छौं ।

यो जमर्कोमा नेफ्स्कून उच्च व्यबस्थापन, बचत संघ र प्रारम्भिक संस्थामा विभिन्न जिम्मेवारीमा रहेका व्यक्तीत्वहरुसँग ‘रिमोट कम्युनिकेशन’ को माध्यमबाट सहकारी अखवारकालागि रञ्जनमणि पौड्यालले तयार गरेको ‘भर्चुअल भक्सपप’ 

 

शिवजी सापकोटा
प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून

कडाउन’ अवधि भर कम्तिमा आधा समय भौतिक रुपमा कार्यालय र बाँकी अवधिमा घरमै बसेर कार्यालयका कामहरु गरिरहेको छु । यो बन्दाबन्दी अबधिभित्र त्रैमसिक खाताबन्दीको समय रह्यो । वित्तीय सहकारीहहरुको एक मात्र केन्द्रीय संघ भएका कारण यसका क्षेत्रीय र विश्व स्तरका सञ्जालहरुसँग समन्वय, प्रतिवेदन, अवस्था जानकारी र विपद्को समय लिनुपर्ने रणनीतिहरुका विषयमा सम्पर्कमा रहने काम भयो भने सदस्य संघ संस्थाहरुलाई उपलब्ध गराउनुपर्ने मार्गदर्शन तथा विधिहरु तयारीका काम गरियो ।

यो मानव निर्मित वा मानव सिर्जित संकट होईन, महामारी हो । अहिले हतास मनस्थिति राख्ने, विकराल रुपको परिकल्पना गर्ने र कमजोर हुने भन्दा व्यवस्थापन गर्न सकिन्छ भन्ने र आउँदा दिनहरु राम्रै हुन्छन् भन्ने चिन्तन गर्नुपर्दछ भन्ने सुझाव अन्य वित्तीय सहकारीकर्मीहरुलाई दिन चाहन्छु ।

मेरो घर काभ्रे जिल्ला पनौतीमा पर्छ । कार्यालयको सवारीसाधन मार्फत एक्लै यात्रा गरेर कहिले काँही पुग्ने गरेको छु । घर गएको समय वरिपरि मात्र बस्छु, अन्यत्र गईन्न । परिवारमा पाँच सदस्य छौं । घरमा छँदासमेत कार्यालयमा उपस्थित भई गरेका कामहरु भन्दा बढी समय कार्यालयको कामलाई दिएका कारण शनिवार बाहेक अन्य दिन फुर्सदको अनुभव भएको छैन ।  


प्रकाशप्रसाद पोखरेल
निमित्त प्रमुख कार्यकारी अधिकृत, नेफ्स्कून

स अवधिमा करीब ६ दिन कार्यालयबाटै काम गरेपनि त्यसयता घरबाटै नीति, आन्तरिक कार्यविधिहरु निमार्ण तथा संसोधनको ढाँचा तयारी, मन्त्रालयहरु सगँ समन्वयका लागि परियोजना अवधारणा पत्र तयारी, संघ संस्थाहरुलाई कार्य सहजताको लागि मार्गनिर्देशनहरु तथा निर्देशिकाको ढाँचा तयारी एवं संचालकहरु, कर्मचारीहरु तथा अन्य उच्च व्यवस्थापनसँग नियमित सम्र्पक तथा आवश्यक बैठक तथा परामर्शहरु जस्ता काममा जुटेको छु । 

महामारीको तथ्याङ्क विश्लेषण गर्दा ठुलो क्षति नहोला जस्तो लाग्छ । यद्यपि, आत्मविश्वासका साथ सरकारी निर्देशनको पालना गर्दै सबै सुरक्षित रहनुपर्छ । सहकारी संस्थाहरुले सदस्यहरुलाई मितव्ययीता, वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना जस्ता विषयमा जागरुक बनाउनुपर्दछ । तरलता व्यबस्थापन, ठुलो तथा लामो अवधिका ऋण लगानी न्यूनीकरण, आकस्मिक बचत तथा ऋण सुविधा, जोखिम व्यवस्थापन विधि, कार्य विविधिकरण, कार्यान्वयन, सहकार्य एवं आपसी सहयोग र समन्वयन कायम गर्नुपर्दछ ।

इलाम घर भएपनि हाल काठमाडौको डिल्लीबजारमा छोरा, छोरी, पत्नी, दिदी र भान्जासमेत ५ जना सरकारको निर्देशनको पालना गर्दै घरमा छौं । फुर्सदमा गफिने, समाचार र मनोरञ्जनात्मक कार्यक्रम हेर्ने, बुबा आमा आफन्त र साथीभाईसँग सम्पर्कलाई निरन्तरता दिइरहेको छु । अरु समय  परिवारहरुलाई यथेष्ट समय दिन नसक्ने हुँदा अहिले सकभर उनीहरुसँग रम्ने, खाना समयमै खाना खाने तथा सानो छोरा सगँ खेल्ने र इन्टरनेटमा नयाँ कुरा खोजनी पनि भैरहेको छ ।


शिव अधिकारी
प्रशासन तथा समन्वय विभाग प्रमुख, नेफ्स्कून

तिपय महत्वपूर्ण आन्तरिक काम कार्यालयमै उपस्थित भएर सुरक्षित तवरले गरे । यस बाहेक २१ वटै फिल्ड कार्यालयसँग नियमित सम्पर्कमा रहेर अपडेटेड सूचना लिइरहेको छु । यो समय सस्तो लोकप्रियतामा रम्ने बेला होइन । विषम बेलामा सबै सहकारीहरुले सदस्यहरुको वास्तविक अवस्था पहिचान गरी सम्पर्क व्यक्ति वा एक दुई जना प्रतिनिधिमार्फत राहत र स्वास्थ्य सहयोगमा प्रभावकारी भूमिका खेल्नुपर्छ । सदस्यहरुको गाँसको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नु अहिले सबै सहकारीकर्मीहरुको मुख्य धर्म हो । हामी पनि हाम्रा सदस्यहरुसँग प्रविधिमार्फत निरन्तर जोडिएका छौं ।
 
 काठमाडौं नयाँ पाटीस्थित घरमा छोरा, छोरी र पत्नी सहित ४ जना ‘लकडाउन’ परिपालनामा छौं । । फुर्सदमा सरसफाई, कपडा धुने जस्ता घरायसी काम र कौसी खेती रेखदेख गर्छु ।  त्यस्तै, छिमेकको साढे ५ आना बाँझो जग्गामा सुरक्षित तवरले मकै लगाएको छु । यसले आफुलाई तन्दुरुस्त राख्न र कर्ममा विश्वास गर्न थप प्रेरणा मिल्ने ठानेको छु । व्यक्तिगत प्रचार भन्दा पनि उत्प्रेरणाका लागि जानकारी गराउन चाहन्छु–केही दिन अघि मैले रु २० हजार र अर्का एक स्थानीय शिक्षाप्रेमी एवम् सहकारीकर्मी नारायणभक्त श्रेष्ठले बाँकी गरी ८० हजार रुपैयाँभन्दा बढीको खाद्य सामाग्री नयाँ पाटी क्षेत्रमा डेरा गरी बसेका र दैनिक ज्यालादारी मजदूरी गर्दै आएका परिवारलाई वितरण समेत गर्यौ ।


सञ्जयराज तिमिल्सिना
व्यवसाय विभाग प्रमुख,नेफ्स्कून

 र्दिया जिल्ला, बढैयाताल गाउँपालिका ७ स्थायी घर भएपनि ‘लकडाउन’ अवधिभर ४ जनाको परिवार काठमाडौंको सुविधानगरमा छौं । कार्यालयमा करीब एक साता र त्यसपछि कोठाबाटै बचत फिर्ता, लगानीको व्याज असुली, नीति र योजनाको पुनरावलोकन, सदस्य संस्थाहरुलाई मार्गदर्शन तयारी जस्ता काम भैरहेका छन् । सहकारीमा वित्तीय संकटको डरले धेरैलाई पिरोलेको छ तर तत्काल ठुला भ्रमण, औद्योगिक र घरजग्गा लगानीका सम्भावना न्यून भएकोले अत्यासलाग्दो संकट नआएपनि सामान्य अवस्था भन्दा केही दबाब पक्कै हुन्छ । मानसिक तयारीका साथ तरलता बढाउन सहकारीकर्मीहरुलाई आग्रह गर्दछु । श्रोतहरुको व्यवस्थापन र उपयोगमा सञ्जालको विश्वास र प्रयोग गरौं । यो ब्याजमा  बार्गेनिङ्गको समय नभई सहकारीकर्मी की साहुकारी भन्ने व्यावहारिक परिणामले पुष्टि गर्ने अवसर भएकाले सदुपयोग गर्नुपर्दछ । यो स्वास्थ्य सम्बन्धी महामारी भएकोले राज्यका निर्देशनहरु पालना गर्दै सदस्य सचेतना बिस्तारमा पनि ध्यान दिन आग्रह गर्दछु ।

फुर्सदमा समाचार हेर्ने, पुस्तकहरु पढ्ने, छोराछोरीसँग खेल्ने, सहकारीसम्बद्ध साथीहरुसँग फोन र सामाजिक सञ्जाल मार्फत नियमित अन्तरक्रिया गर्ने र लेख्ने कार्य गरिरहेको छु । सँगै भान्साको काम र सरसफाईमा सहकार्य गर्छु र छोराछोरीका रुचिकर घरेलु खेलहरुमा आफु पनि रतिन्छु ।


दुर्गा प्रसाद ढकाल
सदस्य सेवा विभाग प्रमुख, नेफ्स्कून

न्दाबन्दी घोषणापछि ४ दिन कार्यालय र बाँकी काठमाडौं टोखा नगरपालिका–६ स्थित घरबाटै निरन्तर सदस्य संस्थाहरुको सेवामा काम गरी रहेको छु । १ छोरा र पत्नीसहित घरवाट नै महामारीको समयमा सेवा व्यवस्थापनमा आवश्यक प्रबिधिक सहयोगका साथ आवश्यक नीति निर्माणको काम भइरहेको छ । सदस्य साकोसहरुको व्यवस्थापनमा संलग्न अधिकारीहरुसँग अनुभव आदान प्रदान गरिरहेको छु । महामारीको समयमा सहकारीकर्मीहरुले सदस्य हितलाई ध्यानमा राख्दै सुरक्षित सेवा नियमितताको तयारी तथा व्यवस्थापन गर्नुपर्दछ ।  सदस्यहरुका  लागि सामुहिक सहकार्यमा गर्न सकिने बिधिहरुको विकास गर्नु पर्दछ । सामान्य होस् वा माहामारी, आज पनि बचत ऋण सहकारीहरु व्यवस्थापनको आधार सहकारी सिद्धान्तहरु नै हुन् । तिनको व्यवहारोपयोगी परिक्षण आजको आवश्यकता हो । महामारीमा ‘एकका लागि सबै र सबैका लागि एक’ को भावना अनुसार काम गर्न सके सदस्य र व्यवसाय संरक्षण सम्भव छ । मानव संशाधनको सुरक्षा र सदस्य सेवामार्फत साकोसहरुले  महत्वपूर्ण भुमिका खेल्न सक्दछन् । आज पनि दुर्गममा बैंकहरु खुलेका छैनन तर बचत ऋण सहकारीहरुले जोखिममोलेर सेवा दिई रहेकाले थप सक्रियताको शुभकामना सहित मिलेर महामारीवाट पार पाउनेमा विश्वस्त हुन सबैमा अनुरोध गर्दछु । 


गणेशप्रसाद तिमल्सिना
तालिम केन्द्र प्रमुख, नेफ्स्कून

केही दिन कार्यालय गएपनि त्यसपछि घरबाटै कार्यालयीय कार्य सम्पादन गरिरहेको छु । आजै मात्र तालिम तथा शिक्षा उपसमितिको ‘भर्चुअल’ बैठक भएको छ । उच्च व्यबस्थापनसँग भिडियो सम्पर्कमा छौं । यसबीचमा नीति, कार्यविधि अद्यावधिक, रणनीतिहरुको अध्ययन, विपद् व्यबस्थापन मार्गनिर्देशन र निर्देशिका निर्माण, तालिम सामाग्री अपडेट कार्यमा व्यस्त रहे । सामाजिक सञ्जाल र अन लाइन माध्यमबाट समाचार, आलेख अध्ययन, सहकारीसम्बन्धी खोज अनुसन्धानमा पनि लागेको छु ।

सबै सहकारीकर्मीहरु यो समयमा सदस्यहरुसँग नियमित ‘टच’ मा रहनुपर्छ । मानवीय सहयोग पहिलो प्राथमिकता हो । सँगै महामारी सम्बन्धी जनचेतना अभिवृद्धिमा उपलब्ध सबै माध्यमहरुको प्रयोग गर्नुपर्छ । समस्याबाट तङ्ग्रिएपछि आर्थिक गतिविधि सक्रिय बनाउन लाग्नुपर्छ ।

फुर्सदमा २ छोरा र पत्नी सहितको परिवार काभ्रेको बनेपा–७ स्थित घरमै रमाउँछौं । घर अगाडि चौरमा केही समय सुरक्षित तवरले छोराहरुसँग फुटबल, ब्याडमिन्टन लगायत खेल खेल्छु । सोले, जंजीर लगायत पुराना हिन्दी चलचित्रहरु हेरे भने अन्य पनि समय मिलेसम्म हेर्छु ।


बल्लभ तिमल्सिना
बरिष्ठ अधिकृत, तालिम विभाग, नेफ्स्कून

न्दाबन्दी सुरु भएपछि घरबाटै नीति, येजनासँग सम्बन्धित कतिपय महत्वपूर्ण कार्यसम्पादन गरिरहेको छु । कार्यालयको उच्च व्यबस्थापनसँग प्रविधिमार्फत दैनिक छलफल भैरहेका छन् । नीति कार्यविधि अद्यावधिक, रणनीतिहरु, विपद् व्यबस्थापन मार्गनिर्देशन र निर्देशिका निर्माणलगायतका कार्यमा जुटे । 
इन्टरनेट माध्यमबाट सहकारी अध्ययनमा पनि समय खर्चिएको छु । यो महामारी सधै रहदैन । विश्वभर ६० भन्दा बढी ठाउँमा यसको औषधि र खोप परिक्षण तीब्र गतिमा भैरहेको छ । त्यसैले यो समयलाई थप संयमका साथ सरकारी नियममा बसी सहयोग गर्नु हामी सबैको दायित्व भन्न चाहन्छु ।

फुर्सदमा घर नजिक डाँडाचौर तिर सामाजिक दुरी कायम गर्दै मास्कसहित अनिगोजिमा स्यानिटाईजर बोकेर जाने गरेको छु ।

कन्टाजियन, क्याराभान, थ्रि इडियट्स लगायतका चलचित्र हेरे । साँझ ६ बजेदेखि नेपाल खुला विश्वविद्यालयमार्फत सञ्चालित नियमति कक्षामा सहभागी भैरहेको छु ।  

 

नविनराज दाहाल
बरिष्ठ अधिकृत, कार्यक्रम तथा विकास इकाई, नेफ्स्कून

कडाउन’ मा केही समय कार्यालयमै अवधारणा पत्र इमेल, प्रतिवेदन तयारी, परियोजना व्यबस्थापन नीति तर्जुमा, उद्यमशीलता विकास तालिम पुस्तिका अद्यावधिक कार्यमा व्यस्त भए भने भने हाल काठमाडौं सिनामंगलस्थित कोठामा परियोजना अवधारणा, नीति, कार्यक्रम प्रतिवेदन आदि लेखनका साथै साथीभाई आफन्तहरुसँग सम्बन्धविस्तार गरिरहेको छु । सरकार, अर्थमन्त्रालयबाट जारी सार्वजनिक संस्थानहरुको वार्षिक प्रतिवेदन, शासकीय स्वरुप र संरचनात्मक विकास, नेपाल राष्ट्र बैंकको वार्षिक विशेषांक र कर्पोरेट चाणक्य जस्ता सामाग्री अध्ययन गरिरहेको छु । परिवार काठमाडौं बाहिर घर गएकाले एक्लै स्थानीय निकायमा साकोसहरुले मामहामारीको समयमा निर्वाह गरेको भूमिकाको विषयमा विवरण अद्यावधिक गरिरहेको छु । वित्तीय सहकारीहरुको भाबी संस्थागत संरचना विषयमा घनीभूत समिक्षाका साथ भविष्यमा आइपर्ने यस्ता विपद् व्यबस्थापनका बैकल्पिक योजना निर्माणको आवश्यतकता थप टढ्कारो भएको छ । 


योगमाया सुवेदी
बरिष्ठ उपाध्यक्ष, जिल्ला बचत संघ, सुनसरी

हामीले संघमा आबद्ध संस्थाहरुसँग सम्पर्क गरी सदस्यहरुको बचत फिर्ताको लागि समन्वय गरिरहेका छौं । स्थानीय निकायसँगको सहकार्यमा साकोसहरुमार्फत राहत संकलनको काम पनि भइरहेको छ ।

सञ्चारका विभिन्न माध्यमार्फत सदस्य संस्थाहरुलाई सूचना र जानकारी प्रदान गर्ने कामलाई पनि प्राथमिकतामा राखेका छौं । तरलता व्यबस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छाता संघहरुको ध्यान जानु जरुरी देख्छु ।

यो समयमा पारिवारिक र सामाजिक सम्बन्ध थप प्रगाढ बनाउने काम पनि गरेकी छु । नित्य ध्यान, योग प्रणायम त छदैछ । सहकारी पुस्तक, सुचना र अन्य छाता संघका गतिविधिहरु अध्ययनका साथै कविता, गजल र मुक्तक लेखनलाई थप सक्रिय बनाउँदै छु ।

छोरा, छोरी र श्रीमान सहित ४ जनाको परिवार ‘लकडाउन’ को पूर्ण परिपालनामा दत्तचित्त छौं ।

 

 

 

 

कृष्णकुमार श्रेष्ठ
प्रमुखकार्यकारी अधिकृत, चन्द्रागिरि साकोस, थानकोट काठमाडौं

चार जनाको मेरो परिवार ‘लकडाउन’ सुरु भएदेखि नै काठमाडौं चन्द्रागिरि न.पा. ७, थानकोट महादेवस्थानमा सँगै छौं ।  सुरुवाती चरणमा सम्पर्क व्यक्ति तोकेर आवश्यकताका आधारमा सेवा दिन कार्यालय गएपनि चैत १८ गते देखि दैनिक २ घण्टा काउन्टर खोलेर अत्यावश्यक सेवा (बचत फिर्ता तथा जम्मा, ऋण संकलन, रेमिट्यान्स र निब्र्याजी सापटी सेवा) प्रदान गर्दै आएका छौं । सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुसँग ‘भच्र्युल मिटिङ’ गरी अत्यावश्यक निर्णयहरु समते ग¥यौं । चैत्र मसान्तमा बुझाउनु पर्ने ऋणको ब्याज तथा किस्ता असार मसान्त सम्म बुझाउन सकिने र सो भन्दा अगावै बुझाएमा ५%–१५% सम्म व्याज छुट जस्ता राहत तथा सहयोग प्याकेज लागू गरेको छौं । त्यस्तै, अस्पतालमा उपचाराधिन महामारी संक्रमित सदस्यहरुलाई २५ हजार रुपैयाँसम्म संस्थाकै तर्फबाट बिल भुक्तानी सुविधा उपलब्ध गराएका छौं  । आपतकालिन बचत स्किम सुरुवातका साथै राष्ट्रिय आविस्कार केन्द्र र सरकारी  राहत कोषमा समेत योगदान गरेका छौं । विषम परिस्थितिमा रक्त अल्पता पूर्तिका लागि रक्तदान कार्यक्रम भर्खरै गरेका छौं ।  
फुर्सदको समयमा पुस्तकहरु पढ्ने, सामाजिक सञ्जालहरुमा सक्रिय हुने, परिवारसँग खेलहरु खेल्ने र चलचित्र हेर्ने गर्छु । यो समयमा नआत्तिन र सत्य तथ्य बुझेर आत्मबल बढ्ने सामग्रीहरु मात्र सामाजिक सञ्जालमा सेयर गर्न सहकारीकर्मीहरुलाई हार्दिक आग्रह गर्दछु । कारोनाबाट बच्न स्वास्थ्य र सुरक्षा सजगता अपनाऔं ।


हरिहर पौड्याल
व्यवस्थापक, सिको साकोस, ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ, बर्दिया

पाँच वटा सेवाकेन्द्र र १ केन्द्रिय कार्यालय रहेकोमा सदस्यको मागको आधारमा सेवाकेन्द्र खोली सेवा प्रदान गर्नुका साथै केन्द्रिय कार्यालय बिहान ११ देखी दिनको ३ बजे सम्म संचालन गरिरहेका छौं  ।

केन्द्रिय कार्यालयमा कोपोमिस पोष्टिङका साथै सफ्ट्वेयरमा पथm गउमबतभ को काम भैरहेको छ । संकटबाट त्राण पाउन बन्दाबन्दीको पूर्ण पालना गरी आफु बचौ र परिवार अनि सदस्य बचाऔं । तरलता व्यवस्थापनका लागि व्याजमा केही प्रतिशत छुट उपयुक्त हुन्छ भने बचत फिर्ता र ऋण लगानीको सीमा तरलता विचार गरी तोक्नुपर्छ । 

‘लकडाउन’ पूर्ण पालना गर्दै पत्नी जमुना ज्ञवाली र २ छोराहरुसँग घरमा पारिवारिक वातावरणमा रमाउदै जेठो छोराको एसइई तयारीमा आफुले जानेको सहयोग पनि गरिरहेको छु । घरायसी काममा श्रीमती  र छोराहरु सँंग रमाउँन पाएको छु ।  ८ वर्षको छोरा बाबासँग खेल्न पाउँदा खुसी भएको छ ।

 

 

मञ्जु कुमारी थापा
व्यवस्थापक, महिला जनजागृति बचत तथा ऋण सहकारी संस्था लि.
त्रियुगा नगरपालिका ११, उदयपुर, गाईघाट

 

खासगरी यो समयमा महिला सदस्यहरुलाई पर्ने समस्याका विषयमा पनि हामी सर्तक छौं । घरेलु हिंसा, वित्तीय साक्षरता र मितव्ययी जीवन शैलीका विषयमा टेलिफोन र इन्टरनेटमार्फत जनचेतना प्रवाह गरिरहेका छौं ।

त्यसबाहेका कार्यालयको आन्तरिक कामहरुलाई घरमै सुरक्षित बसेर गरिरहेका छौं । सामाजिक कार्य गरेर समय बिताइरहेकी छु । महामारीबाट सुरक्षित रहेर सदस्यहरुलाई सेवा प्रदान गरिहेको र अरु सहकारीकर्मीहरुलाई पनि यस्तै गर्न आग्रह गर्दछु ।

यो लकडाउने सरसफाईमा बिशेष ध्यान दिनुपर्ने पाठ सिकाएको जस्तो लाग्छ । ‘लकडाउन’ मा ३ दिन कार्यालय र अरु दिन उदयपुर घरमै ५ जनाको परिवार बसिरहेका छौं । नजिकमा विपत्मा परेकालाई समेत सकेको सहयोग गरिरहेकी छु ।

 

 

राजेन्द्रकुमार कायस्थ
व्यवस्थापक, शंखधर साकोस, मध्यपुर थिमि, भक्तपुर

कडाउन’ को एक साता कार्यालय बन्द गर्यौ । त्यसपछि भने आजसम्म न्यूनतम कर्मचारीका साथ सदस्य सेवा गरिरहेका छौं । मोबाइल बैकिङमा बिशेष जोड दिएका छौं । कार्यालयको र व्यक्तिगत फेसबुक पेजबाट नियमित कोरोना महामारी रोकथामका उपाय सम्बन्धी प्रेरणादायी पोस्ट र सेयर गर्ने काम गरिरहेको छु । टेलिफोन र इन्टरनेटमार्फत पनि जनचेतना प्रवाह गरिरहेका छौं ।

त्यसबाहेका कार्यालयको आन्तरिक कामहरुलाई घरमै सुरक्षित बसेर गरिरहेका छौं । सदस्यहरुको गर्जो टार्न पछि परेका छैनौं । हाम्रा लगायत सबै सहकारीका सदस्यहरुलाई घरमै सुरक्षित बस्न आग्रह गर्दछु ।
२ छोरा र पत्नी सहितको ४ जनाको परिवार नयाँ बस्ती थिमिमा बसिरहेका छौं । कौसीमा धनियाँ, साग, उखु, स्ट्रबेरी लगायत खेती छ, त्यसको स्याहारसुसारमा फुर्सदको सयम बाँडिन्छ । त्यस्तै बाँसुरीमा मेरो एकदम लगाव भएकाले त्यसको साधनामा पनि समय खर्चिन्छु ।
                                  


इन्दिरा पौडेल
ऋण अधिकृत, लोकसागर साकोस, पुरानो बानेश्वर, काठमाडौं

कडाउन’ अवधभिर भक्तपुर सूर्यविनायक न.पा, चित्रपुरमा ५ जनाको परिवार बसिरहेका छौं । सदस्यको बचत फिर्ता सम्बन्धितकर्मचारी बाट गर्ने ब्यवस्था मिलाएका छौं । विशेषकाम केही भएको छैन । छोरा इभानलाई बढी समय दिन पाएकी छु । सँगै घरमै बसेर गर्न सकिने कार्यालयको काम गरिरहेकी छु । बचेको समयमा घर सरसफाई, घरभित्रै खेलकुद, चलचित्र हेर्ने, पुराना साथीभाईहरुसँग सम्पर्क स्थापित गर्ने काम गरिरहेकी छु । यो समय आत्तिने बेला होइन, संयमित र सुरक्षित तवरले लकडाउन पालना गर्ने हामी सबैको दायित्व हो भन्ने लाग्छ ।
सबभन्दा पहिले आफु जोगिएर परिवार तथा समाजलाई यस महामारी बाट जोगाउन भूमिका खेल्नुपर्छ । सामाजिक उत्तरदायित्व अन्र्गतग सहकारीले यो महामारीको समयमा सदस्यहरुलाई जनचेतनामुलक सामाग्रीहरु ‘भर्चुअल’ प्रचारप्रसार गर्ने काम गर्नुपर्दछ जुन हामीले जारी राखेका छौं । यस्तो बेला भ्रामक समाचार हरुलाई निरुत्साहित गर्ने काममा पनि हामी सहकारीकर्मीहरुको भूमिका हुन्छ भन्ने लाग्छ । सुरक्षित तवरबाट सदस्लाई अत्यावश्यकीय सेवा प्रदान गर्न सधै तत्पर रहुनपर्छ भन्ने लाग्छ । 


गीता उप्रेती
सञ्चालक, शिक्षण कल्याण साकोस, चरिकोट, दोलखा   

 

संस्थाले सबै सदस्यहरुका लाागि फेसबुक, टेलिफोनमार्फत जनचेतना प्रवाह गरिरहेको छ ।

त्यसैगरी व्यक्तिगत तहमा पनि हरसम्भव सहयोगापेक्षीहरुको माग सम्बोधन गरिरहेका छौं ।

सहकारीसँगै साहित्यको विद्यार्थी भएकाले साहित्यिक कृतिहरु अध्ययनमा धेरै समय बित्छ ।

यो बेलामा सहकारीलाई अझ नजिकबाट जान्न बुझ्न इन्टरनेटमा उपलब्ध सामाग्रीहरु खोजीखोजी पढ्ने प्रयास गर्दैछु ।

हाल मैनापोखरीमा श्रीमानसँग अस्थायी बसोबास गरिरहेकी म सबैलाई परिवारसँग मनोरञ्जनात्मक एवम् सृजनात्मक काम गर्दै बन्दाबन्दीको परिपालना गर्न हार्दिक आग्रह गर्दछु । 



Leave a comment