मर्यादित श्रम र पयर्टनका लागि सहकारी भन्ने थिमका साथ ६३ औं राष्ट्रिय सहकारी दिवस अभियान र राज्य मिले भव्य रुपमा मनाउने तयारी भएको भए पनि कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण कार्यक्रम स्थगित गरी यसको रोकथामका लागि सहकारी अभियान जुटेको महासंघले जनाएको छ ।
ललितपुर । राष्ट्रिय सहकारी महासंघको संयोजनमा काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारमा राज्यलाई सहयोग पु¥याउने उद्देश्यले सहकारी अभियानको तर्फबाट छुट्टै कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको हो ।
यो केन्द्र संचालनका लागि नेपालको सहकारी अभियानले कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समिति बनाएर यसलाई ६३ औं राष्ट्रिय सहकारी दिवस चैत २० गतेबाट संचालनमा ल्याइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यायले बिहिबार सो केन्द्रको उद्घाटन गरिन् ।
व्यवस्थापन समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले मनमोहन मेमोरियल अस्पतालले प्राविधिक तथा प्रशासनिक सहयोग गर्ने गरी सो केन्द्रले काम शुरु गरेको बताइन् । उनले कोभिड १९ को रोकथाम नभएसम्म यो केन्द्र संचालनमा रहेन र यसलाई अभियानबाट सहयोग जुटाएर नमुनाका रुपमा संचालन गर्ने बताइन् ।
उनले केन्द्रमा कार्य गर्ने चिकित्सक तथा स्वास्थकर्मी मन्त्री अर्यालले बिहिबार भेन्टिलेटर, पिपिई लगायतका अन्य आवश्यक सामग्री हस्तान्तरण गरेकी थिइन । पहिलो चरणमा २५ लाखको सामाग्री व्यवस्थापन गरिएको व्यवस्था समितिका संयोजक मल्लले बताइन् ।
मन्त्री अर्यालले सो अवसरमा सहकारी अभियानले आफ्नो स्रोत साधानलाई यतिबेला कोरोना भाइरसविरुद्धको अभियानमा प्रयोग गरिरहेको बताउँदै ‘सहकारी अभियान संकटमा राज्यलाई सहयोग गर्न तयार छ भन्ने यसले सन्देश दिएको छ । संकटका बेला सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’
नेपालमा २०१३ साल चैत २० गते बखान ऋण सहकारी संस्था स्थापना भएको दिनलाई स्मरण गर्दै प्रत्येक बर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइदै आएको छ । सहकारीले दिगो विकाश लक्ष्य हासिल गर्नका लागि पछिल्लो समय यससँग सम्बन्धित थिमलाई राखेर दिवस मनाउँदै आएको छ ।
‘सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन् । देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ ।’ उनले भनिन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारी अभियानको तर्फबाट भएको कामले महत्वपूर्ण सन्देश दिएको बताए । उनले विपद्मा जहिले पनि सहकारी साथीका रुपमा प्रस्तुत हुने बताए ।
प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले केन्द्र स्थापना गरेर सहकारीले ६३ औं राष्ट्रिय सहकारी दिवस मनाउँदै महत्वपूर्ण सन्देश प्रवाह गरेको बताए ।
कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समितिका सदस्यहरुमा केवी उप्रेती, खेमबहादुर पाठक, नारायण देवकोटा,सुरेन्द्र भण्डारी, परितोष पौडेल, माधव दुलाल, ज्ञानबहादुर तामाङ र केदार खड्का रहेका छन् । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेको समेत उपस्थिति थियो ।
मर्यादित श्रम र पयर्टनका लागि सहकारी भन्ने थिमका साथ ६३ औं राष्ट्रिय सहकारी दिवस अभियान र राज्य मिले भव्य रुपमा मनाउने तयारी भएको भए पनि कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण कार्यक्रम स्थगित गरी यसको रोकथामका लागि सहकारी अभियान जुटेको महासंघले जनाएको छ ।
नेपालमा २०१३ साल चैत २० गते बखान ऋण सहकारी संस्था स्थापना भएको दिनलाई स्मरण गर्दै प्रत्येक बर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइदै आएको छ । सहकारीले दिगो विकाश लक्ष्य हासिल गर्नका लागि पछिल्लो समय यससँग सम्बन्धित थिमलाई राखेर दिवस मनाउँदै आएको छ ।
Leave a comment