ललितपुर । पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले वित्तिय सेवाकालागि संस्थाको श्री लालीगुँरास स्मार्ट बैंकिङ सेवा प्रयोग गर्न अनुरोध गरेको छ ।
कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै संस्थाले सदस्यलाई सुरक्षित रहन उक्त सेवा प्रयोग गर्न भनेको हो । यसका अलवा संस्थाले भोली चैत २० गतेबाट विहान ११ बजे देखि दिउँसो १ बजे सम्म कार्यालय खोलि सम्पूर्ण वित्तिय सेवा दिने जनाएको छ ।
उक्त समयभित्र सदस्यले नगद जम्मा, नगद झिक्न तथा कर्जा भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको सूचना प्रकाशन गरी जानकारी दिएको हो ।
सूचना अनुसार संस्थाले प्रति दिन व्यक्तिगत खाताबाट बढीमा २५ हजार र संस्थागत खाताबाट बढीमा एक लाख रुपैयाँसम्म झिक्न मिल्ने उल्लेख गरिएको छ ।
साथै सवै सेवा केन्द्रका संस्थाले तोकेको सम्पर्क व्यक्ती लाई सम्पर्क गरेर पनि सदस्यले वित्तिय सेवा लिन सकिने जनाएको छ । संस्थाको केन्द्रिय कार्यालय पुल्चोकका साथै काठमाडौको न्यूरोड, भक्तपुरको कौशलटार तथा ललितपुरको चापागाउँमा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिने जनाएको छ ।
Leave a comment