हाइलाइट

पञ्चशिल सहकारीले सवै सेवाकेन्द्रबाट सेवा दिने

पञ्चशिल सहकारीले सवै सेवाकेन्द्रबाट सेवा दिने :: Sahakari Akhabar

ललितपुर । कुमारीपाटीमा मुख्य कार्यालय रहेको पंञ्चशिल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको घरदैलोमा सेवा दिन सवै केन्द्रका कर्मचारीलाई तयारीमा राखेको छ ।

विश्वब्यापी रुपमा फैलदै गएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट गर्ने असरलाई ध्यानमा राख्दै, नेपाल सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना एवं संक्रमण नियन्त्रणलाई ध्यानमा राखेर संस्थाले सवै सेवाकेन्द्रहरुबाट सदस्यलाई सम्पर्क ब्यक्ती मार्फत सेवा दिने बताएको छ ।

संस्थाले सदस्यलाई आपतमा सम्पर्क गर्न सम्पर्क नम्वर सहित कर्मचारीको ब्यवस्था गरेको संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले बताए । उनले भने सदस्यलाई आवश्यक पर्ने खाध्यान्न लगाएत स्वास्थ्य उपचारकालागि समस्या भएमा संस्थाका सवै सेवा केन्द्रका सदस्यले ७ जना कर्मचारीलाई सम्पर्क गरी सेवा लिन सकिने छ ।

 



Leave a comment