काठमाडौं । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले सदस्यको घरदैलोमै सेवा दिन थालेको छ
संस्थाले सदस्यलाई एसएमएस तथा फोन मार्फत खबर गरेर आपतमा सम्पर्क गर्न भनेको छ । त्यसैगरी संस्थाले सदस्यको घरमा सेवा दिन गाडी तथा कर्मचारी ब्यवस्था गरेको संस्थाका कार्यकारी अध्यक्ष नवराज कार्कीले जनाए ।
उनले भने केन्द्रिय कार्यालयका साथै सेवा केन्द्र, कुमारीपाटी ललितपुर र गोठाटारका सदस्यलाई आवश्यक पर्ने खाध्यान्न लगाएत स्वास्थ्य उपचारकालागि समस्या भएमा संस्थाका अध्यक्ष, नवराज कार्की तथा कर्मचारी रञ्जु कार्की, प्रविन चौलागाई, उद्धव वस्नेत र प्रिती जोशीलाई सम्पर्क गर्न सकिने अध्यक्ष कार्कीले जनाएका छन् ।
Leave a comment