हाइलाइट

सीतापाईला सहकारीका कर्मचारी अनकल ड्युटिमा 

सीतापाईला सहकारीका कर्मचारी अनकल ड्युटिमा  :: Sahakari Akhabar

काठमाडौं । सीतापाइलामा रहेको सीतापाईला बहुउद्धेश्यीय सहकारी संस्थाले सदस्यलाई सेवा दिन कर्मचारीलाई अनकल ड्युटीमा राखेको छ ।

संस्थाले सूचना प्रकाशन गरी सदस्यलाई क्षेत्रगत रुपमा सेवा उपलब्ध गराउन कर्मचारीको सम्पर्क नम्वर सहित उपलब्ध गराएको छ । 
विश्वब्यापी रुपमा फैलिइदै गएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मानवीय क्षती नहोस् भनेर, नेपाल सरकारले चैत ९ गतेबाट २५ गते सम्म लकडाउन घोषणा गरेको छ, । यस्तो अवस्थामा कार्यालय खोलेर सेवा दिन नसके पनि संस्थाले कर्मचारीलाई अनकल ड्युटीमा राखेर सेवा दिने निणर्य गरेको हो ।

संस्थाले सकभर सदस्यले वित्तिय सेवा लिन एटिएम सेवा प्रयोग गर्न भनेको छ । सवै एटिएमबाट रकम झिक्न पिओएस सेवा लिन भनेको छ । साथै संस्थाले मोबाइल बैंकिङ सेवा लिन पनि अनुरोध गरेको छ । संस्थाको एप्स डाउनलोड सेवा पनि मोबाइल बाटै लिन सकिने संस्थाका अध्यक्ष केदार मानन्धरले जानकारी दिएका छन् ।

उनले सदस्यलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामान खरिद तथा स्वास्थ्य उपचारकालागि चाहिने रकमकालागि संस्थाले हरेक दिन विहान १० बजे देखि दिउँसो १ बजे सम्म कर्मचारीले सेवा दिनेछन् ।



Leave a comment