हाइलाइट

चन्द्रागिरी साकोसले पनि तोक्यो सम्पर्क ब्यक्ती 

चन्द्रागिरी साकोसले पनि तोक्यो सम्पर्क ब्यक्ती  :: Sahakari Akhabar

काठमाडौं । थानकोटमा रहेको चन्द्रागिरी बचत तथा ऋण सहकारीले सदस्यलाई आपतकालिन सेवा दिनकालागि सम्पर्क ब्यक्ती तोकेको छ ।

संस्थाले सूचना प्रकाशन गरी सदस्यलाई आपतकालिन अवस्थामा अत्यावश्यक बस्तु खरिद र स्वास्थ्य उपचारकालागि न्युनतम रकम भुक्तानी गर्न सकिने भन्दै सम्पर्क गरी सेवा लिन सूचना प्रकाशन गरेको छ ।

बिश्व ब्यापीरुपमा फैलियको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारको लकडाउन, सहकारी विभागको निर्देशन तथा राष्ट्रिय सहकारी महासंघको प्रेस विज्ञप्तीलाई मान्दै सदस्यलाई सेवा दिन तत्पर रहेकोे सूचनामा उल्लेख छ ।

सदस्यले आपतकालीन सेवाकालागि संस्थाका अध्यक्ष शिवशंकर मानन्धर तथा प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको सम्पर्क नम्वर ९८०२०२३५९२, ९८०११०७८८० मा सम्पर्क गरी सेवा लिन आग्रह गरिएको छ । 
 



Leave a comment