हाइलाइट

तपाई हाम्रो सहकारीले सदस्यलाई सेवा दिन सम्पर्क ब्यक्ती तोक्यो 

तपाई हाम्रो सहकारीले सदस्यलाई सेवा दिन सम्पर्क ब्यक्ती तोक्यो  :: Sahakari Akhabar

काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले सदस्यलाई आपतकालिन सेवा प्रदानकालागि सम्पर्क ब्यक्ती तोकेको छ ।

संस्थाले सूचना प्रकाशन गरी सदस्यलाई आपतकालिन अवस्थामा आवश्यक पर्ने खाद्यान्न बस्तु खरिद र औषधी उपचारकालागि न्युनतम रकम भुक्तानी तथा ऋणका लागि सम्पर्क गरी सेवा लिन सक्ने जनाएको छ ।

बिश्व ब्यापीरुपमा फैलियको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारको लकडाउन, सहकारी विभागको निर्देशन तथा राष्ट्रिय सहकारी महासंघको प्रेस विज्ञप्तीलाई मान्दै सदस्यलाई सेवा दिन तत्पर रहेको संस्थाका अध्यक्ष मनोज कुमार थापाले सूचनामा भनेका छन् ।

उनले संस्थाका कर्मचारीहरु तथा संचालकहरु पनि लकडाउनमा रहेकाले कार्यालय खोली सदस्यलाई सेवा दिन असमर्थ रहेको भन्दै अत्यावश्यक अवस्थामा संस्थाका अध्यक्ष मनोज थापा तथा प्रवन्धक अञ्जना अधिकारी को सम्पर्क नम्वर ९८४१६३५००६, ९८४९०७७३४६ मा सम्पर्क गरी सेवा लिन आग्रह गरिएको छ । 



Leave a comment