काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सम्पर्क ब्यक्ती तोकेर सदस्यलाई सेवा दिन सहकारी संघ संस्थाहरुलाई भनेको छ । महासंघले विज्ञप्ती जारी गरी सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई कार्यालय खोलेर सेवा दिन जोखिम हुने भन्दै सम्पर्क ब्यक्ती तोकेर अत्यावश्यक सामान खरिद तथा उपचार खर्चको ब्यवस्था गर्न सहकारी संस्थालाई आग्रह गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट मानवीय जीवन रक्षाकालागि नेपाल सरकारद्धारा जारी लकडाउन पूर्ण पालना एवं संक्रमण नियन्त्रणमा मूलुकभर रहेका सहकारी संघसंस्थाहरुले सचेतना फैलाउन र सकभर प्रविधिको प्रयोग गर्न महासंघले भनेको छ ।
त्यसैगरी महासंघले, कृषि तथा उपभोक्ता सहकारीले हात धुने सावुन, माक्स तथा सेनीटाईजर जस्ता सामाग्री आपूर्ती गर्ने गराउने, र स्वास्थ्य सहकारीहरुले, नियमीत स्वास्थ्य सेवा उपलब्ध गराउने लगाएतका कार्य गर्न विज्ञप्ती जारी गरेको छ ।
यस अघि आइतबार सहकारी विभागले सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई वित्तिय ब्यवस्था गर्दै स्थानीय निकायसंग सहकार्य गरी सम्पूर्ण सेवा प्रदान गर्न परिपत्र जारी गरेको थियो ।
Leave a comment