हाइलाइट

फण्डस् साकोसका सदस्यलाई खाद्यान्न र उपचारकालागि अभाव भए, संस्थाले सहयोग गर्ने

फण्डस् साकोसका सदस्यलाई खाद्यान्न र उपचारकालागि अभाव भए, संस्थाले सहयोग गर्ने :: Sahakari Akhabar

ललितपुर । कुमारिपाटीमा रहेको फन्डस बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई खाद्यान्न तथा उपचार खर्च अभाव भए सिधै संस्थाका पदाधिकारी तथा कर्मचारीसंग सम्पर्क गर्न अनुरोध गरेको छ ।

संंस्थाले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट मानवीय जीवन रक्षाकालागि नेपाल सरकारद्धारा जारी लकडाउन पूर्ण पालना एवं संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै सवै सदस्यहरुलाई घरमै बस्न आग्रह गरेको हो ।

नवराज सिवाकोटी फेसबुकमा लेख्छन्, सरकारले घोषणा गरेको अर्को एक हप्ताको लकडाउन लाई समर्थन गर्दै तपाईं हामी हाम्रै लागि घर भित्रै बस्नु पर्ने अवस्था छ । त्यस कारणले अझै केही समय हामी कार्यालय खोलेर सेवा दिन असमर्थ हुनेछौं !

तर हाम्रो कोहि पनि शेयर सदस्य हरुलाइ खाद्यान्न सामाग्री किन्ने र औषधि उपचार गर्नकै लागि समस्या भएमा कृपया संस्थाको संचालक समितिका पदाधिकारी, कर्मचारीको  टेलिफोन नम्बर ९८५११७२९३७ मा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछु ।
 



Leave a comment