हाइलाइट

सहकारी संस्थाहरुलाई सेवा सञ्चालन गर्न विभागको परिपत्र

सहकारी संस्थाहरुलाई सेवा सञ्चालन गर्न विभागको परिपत्र :: Sahakari Akhabar

काठमाडौं । मूलुकभर रहेका सहकारी संघसंस्थाहरुलाई सेवा सुचारु गर्न सहकारी विभागले परिपत्र जारी गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट मानवीय जीवन रक्षाकालागि नेपाल सरकारद्धारा जारी लकडाउन पूर्ण पालना एवं संक्रमण नियन्त्रणमा मूलुकभर रहेका सहकारी संघसंस्थाहरुले स्थानीय प्रशासनसंग समन्वय गरी आफ्ना सदस्यहरुलाई प्रभावकारी सेवा दिन, सवै प्रकृतिका खाता संचालन गर्न विभागले परिपत्र जारी गरेको हो ।

विभागले संस्थामा तरलता ब्यवस्थापन गर्दै नियमित रुपमा जीवन निर्वाहकालागि भुत्तानी तथा कर्जा प्रवाह गर्न भनेको छ । त्यसैगरी विभागको परिपत्रमा उत्पादन प्रकृतिका सहकारीले स्थानीय रुपमै माक्स तथा सेनेटाईजर जस्ता सामाग्री उत्पादन गरी वितरण गर्न, माहामारी रोक्न, सचेतना फौलाउने, शंकास्पद विरामीलाई अस्पताल सम्म पुर्याउन सहयोग गर्ने लगाएतका कार्य गर्न परिपत्र जारी गरेको हो । 
 



Leave a comment