हाइलाइट

फिक्चुखोला कृषि सहकारीद्वारा कोरोनाबारे सचेतना

फिक्चुखोला कृषि सहकारीद्वारा कोरोनाबारे सचेतना :: Sahakari Akhabar

फिदिम । कोभिड–१९ (कोरोनाभाइरस)को सङ्क्रमण रोक्न मुलुक लकडाउन गरिएका बेला पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेडले कृषकहरुलाई एकसाथ सेवा र सचेतना प्रदान गरिरहेको छ ।

लकडाउन भएपनि सहकारीले कृषकहरुबाट उत्पादित दूध सङ्कलन गरिरहेको छ । दूध सङ्कलनका क्रममा सहकारीले सबै कृषकहरुलाई दूरी कायम राख्न सिकाएको छ । दूध विक्रीका क्रममा भीडभाड हुन नदिन तथा ग्रामीण स्तरमा समेत दूरी कायम गरेर दैनिक कामकाज अघि बढाउन कृषकहरुलाई प्रेरित गर्न सहकारीले दूरी कायम गर्ने प्रवन्ध गरेको हो ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडाका कृषकहरुलाई दूध विक्रीका क्रममा दूरी कायम गर्ने सचेतना तथा मास्क समेत वितरण गरेको सहकारीका सचिव राजेन्द्र आङ्देम्बेले वताए । सहकारीले गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा मिलन केन्द्र नेपालको सञ्चालनमा रोजगार, मूल्य श्रृङ्खला कार्यक्रम अन्तर्गत दूग्ध मूल्य विकास परियोजना सञ्चालन गरेको छ ।

सहकारीको प्रवद्र्धनमा उत्पादित दूध विक्री नभए घुम्ती कोषको रकम कृषकहरुले बुझाउन नसक्ने अवस्था आउने, दूध खेर जाने तथा कृषक निराश हुने भएकाले सहकारीले कृषकहरुको सुरक्षाको प्रवन्ध सहित दूध खरिद गरिरहेको सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले जानकारी दिए ।

सहकारीले कृषकहरुलाई पशुपालनका लागि घुम्ती कोष वितरण, पशुपालनसम्बन्धी प्राविधिक ज्ञान, पशुपालनमा आधारित ब्यावसायिक योजना सञ्चालन, गुणस्तरीय दूध उत्पादन तथा दूग्धजन्य सामग्री उत्पादनमा सहयोग गरिरहेको छ । सहकारीले अहिले आफैँ दूग्ध संकलन केन्द्र स्थापना गरी विभिन्न दूग्धजन्य परिकारहरु उत्पादन गर्दै आएको छ । सहकारीमा पाँचजनाले रोजगारी पाएका छन् ।



Leave a comment