ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँश बहुउद्धेश्यीय सहकारीले आफ्ना सदस्यहरुलाई संस्थाको स्मार्ट बैंकिङ सेवा प्रयोग गर्न अनुरोध गरेको छ ।
संस्थाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न चेक तथा नगद कारोबार भन्दा श्री लाली गुराँश स्मार्ट बैंकिङ्ग सेवा कम जोखिम भएको भन्दै यस्तो सेवा प्रयो गर्न सदस्यहरुलाई आग्रह गरेको हो ।
संस्थाले चैत्र १० गतेदेखि घरदैलो कारोबार बन्द गरी बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालयबाट मात्र कारोबार गर्ने, व्यक्तिगत खाताबाट बढीमा एक लाख र संस्थागत खाताबाट बढीमा पाँच लाख नगद भुक्तानी दिने निर्णय भएको जनाएको छ । पाँच लाख भन्दा वढी रकमको झिक्नु परेमा बैंकको चेक मार्फत रकम झिक्न सक्ने संस्थाले जनाएको छ ।
Leave a comment