काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारीले आफ्ना केही कार्यालयबाट मात्र सदस्यलाई सेवा दिने भएको छ ।
संस्थाले बिश्वब्यापी रुपमा फैलदै गरेको कोरोना भाइरसले पारेको बिषम परिस्थितिलाई मध्यनजर गरी सदस्यलाई सेवा दिने बताएको छ ।
नेपाल सरकारको निर्णय निर्देशन, राष्ट्रिय सहकारी महासङ्घको निर्णय बमोजिम भोलि चैत १० गते सोमबार देखि अर्को व्यवस्था नभएसम्मका लागि शेयर सदस्यहरुको सुविधाका लागि प्रधान कार्यालय गोङ्गबु, सदस्य सेवाकेन्द्रहरु गोल्फुटार, कलंकी कोटेश्वरको दैनिक काउन्टर सेवा बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म संचालन रहने जनाएको छ ।
साथै संस्थाले सदस्य सेवा केन्द्र टोखा भिल्ली र न्युरोडको कारोबार अर्को सूचना नभए सम्मका लागि बन्द रहने जनाएको छ ।
Leave a comment