हाइलाइट

सीतापाइला सहकारीका सदस्यलाई चेकको सट्टा एटिएम प्रयोग गर्न अनुरोध

सीतापाइला सहकारीका सदस्यलाई चेकको सट्टा एटिएम प्रयोग गर्न अनुरोध :: Sahakari Akhabar

काठमाडौं । सीतापाइलामा रहेको सीतापाइला बहुउद्देश्यीय सहकारीले सदस्यहरुलाई चेकको सट्टा एटिम सेवा प्रयोग गर्न अनुरोध गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी खतरा र त्यसले नेपालमा सृजना गरेको त्रासको वातावरणलाई मध्येनजर गर्दै सदस्यहरुलाई सम्भव भएसम्म डिजिटल प्रविधि प्रयोग गरी सम्भावित भिड तथा संक्रमणलाई न्यूनिकरण गर्न अनुरोध गरेको हो ।

संस्थाले संचालन गरेको सीतापाइला एप्स तथा संस्थाको मोवाइल बैंकिङ सेवा मार्फत सम्पूर्ण सेवा लिन अनुरोध गरेको छ । डिजिटल प्रविधिको पहुँचमा नहुने सदस्यहरुकोलागि संस्थाका कर्मचारीहरुले घरमै सेवा दिने संस्थाका अध्यक्ष केदार मानन्धरले जानकारी दिए ।

उनले भने ‘हामीले एटिएम सेवा शुल्क पनि नलाग्ने र ठूलो पैशा आवश्यक पर्ने सदस्यहरुलाई आइपिएस मार्फत दश लाख सम्म भुक्तानी दिने ब्यवस्था मिलाएका छौं ।’ संस्थाले बजारबाट दैनिक बचत संकलन कार्य नगर्ने र लघुवित्त कार्यक्रमका समूह भेला लगाएतका भिड हुने कार्यक्रम बन्द भएको बताए ।

टाढा गाडीबाट आउने कर्मचारीहरुलाई विदा दिएको र  संस्थाले दैनिक ५ जना कर्मचारीलाई खटाएर जुनसुकै समयमा आवश्यक परेको रकम सदस्यको घरदैलोमा पुर्याइदिने जानकारी दिए् । संस्थाले दैनिक २ बजे सम्म कर्मचारीको पालो पालोमा सदस्यलाई वित्तिय सेवा दिने पनि अध्यक्ष मानन्धरले जानकारी दिए । 



Leave a comment