हाइलाइट

आलोपालो साकोसले चैत्र १० गते देखि २१ गते सम्मको ऋणको ब्याज नलिने

आलोपालो साकोसले चैत्र १० गते देखि २१ गते सम्मको ऋणको ब्याज नलिने :: Sahakari Akhabar

काठमाडौ । तीनकुनेमा रहेको आलोपालो बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुले लिएको ऋणको ब्याज छुट गर्ने निर्णय गरेको छ । संस्थाले सूचना प्रकाशन गरी उक्त मिति भित्र कर्जाको सावाँ र ब्याजमा लाग्ने अतिरिक्त शुल्क समेत छुट गर्ने जनाएको हो ।

कोरोना भाइरसको त्रास दिन प्रतिदिन बढ्न थालेपछि अधिकांश सहकारीहरु आफ्ना सदस्यलाई कसरी सेवा प्रदान गर्ने भन्नेमा अलमल परेका हुनाले चैत्र १० गते देखि २१ गते सम्म संस्थाको वित्तिय कारोबार बन्द रहने निणर्य भएको संस्थाका अध्यक्ष, सुरेन्द्रराज पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने घोषणा गरेका छन् ।



Leave a comment