सिन्धुपाल्चोक । बाह्रविसेमा रहेको श्री क्षेमादेवी बचत तथा ऋण सहकारीले सदस्हरुलाई अध्ययन अवलोकन भ्रमण गराएको छ । संस्थाले फाल्गुण १४ गते देखी १८ गते सम्म पाँच दिने अध्ययन अवलोकन भ्रमणमा प्यूठान जिल्लाको फूलवारी बचत तथा ऋण सहकारी संस्थाको अध्यान भ्रमण गरेको थियो ।
भ्रमणमा संस्थाका संचालक, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, लघुवित्त समूहका पदधिकारी तथा प्रतिनिधीहरु, सदस्य लगायत ४८ जनाको सहभागीता रहेको थियो । संस्थाले सहकारी संस्था तथा विभिन्न धार्मिक स्थलहरु तथा गौतम बुद्ध अन्तर्राष्टिय रंगशाला पनि अध्यन अवलोकन गराएको संस्थाका अध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
१२ महिला ३६ पुरुषको सहभागीता रहेको भ्रमणको जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव यज्ञप्रसाद चौलगाईले गरेका थिए भने संयोजन तथा व्यवस्थापन संस्थाका उपाध्यक्ष राजेश श्रेष्ठ सचिव ईश्वरलाल श्रेष्ठ र कोषाध्यक्ष गोपाल कृष्ण श्रेष्ठले गरेका थिए । संस्थाले फुलवारी साकोसका अध्यक्ष भोज बहादुर वस्नेत र व्यवस्थापक प्रकाश बैद्य संग अन्तर क्रियात्मक छलफल र संस्थाको गतिविधि बारे प्रस्तुत जानकारी गराएका थिए । भ्रमणका सहभागिले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालाको समेत अवलोकन गरि संस्थाको तर्फबाट रंगशाला निमार्णका लागि आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए ।
Leave a comment