काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले अन्तर सहकारी कारोबार उत्पादन र वितरण सहकारीसंग जोड्न ल्याएको अवधारणा भएको बताएका छन् ।
सहकारी विभागले काठमाडौमा आयोजना गरेको कार्यविधि निर्देशिकाहरुको प्रारम्भिक मस्यौदा विषयमा सरोकारसंगको अन्तरक्रिया कार्यक्रममा रजिष्ट्रार डा. पाण्डेले अन्तर सहकारीको अवधारणा भनेको उत्पादन र वितरण सहकारीसंग जोड्न ल्याएको अवधारणा भएकोले यसलाई त्यसैगरी बुझ्न् आग्रह गरे ।
एनले भने यो विषयको छलफल भनेको तलाउमा ढुङ्गा फ्याँकिएको हो, यसले छाल ल्याएको छ, सन्तुलित बनाउने विषयमा छलफल गरेर अघि वढ्नु पर्छ । उनले अन्तर सहकारी अजिङगको जाहाज भएकोले यस प्रति भ्रम नछर्न आग्रह गरे । यस प्रति भएको भ्रम चिर्न आवश्यक छ र पहिला जहाज उडाउने भन्दा पनि रनवे लिने र ल्याण्ड कसरी गर्ने भन्ने विषयमा क्लियर हुन जरुरी छ । उनले सहकारीको भविश्य जोखिममा रहेको भन्दै सवैले सतर्क रहनुपर्ने पनि बताए ।
अभियानले सहकारी विभागसंग हातेमालो गर्न अग्रह गर्दै भने ‘अभियानले सानो कुवाको सोचाई बाट माथि उठ्नु पर्छ सहकारी विभागलाई गाली नगरी अभियानको दायित्व पूरा नहुने भ्रमबाट मुक्त हुनु पर्छ ।’
रजिष्ट्रार डा.पाण्डेले सहकारी विभिन्न कारणले जोखिममा रहेकाले कोरोनाका कारण थप जोखिममा पर्न सक्ने भन्दै सवैलाई सजग रहन र पूर्व तयारी गर्न आग्रह गरे । उनले अवका दिनमा सहकारीमा भागेका र ठगीका समस्या लिएर दैनिक कम्तिमा दुईवटा निवेदन आउन सक्ने भन्दै सहकारीको भविश्य बचाउन अभियान र राज्यले प्रतिश्पर्धि नभई सहयात्रीका रुपमा सहकार्य गर्न आग्रह गरे ।
उनले भने ‘हामी सवै जिम्मेवार हुनु पर्छ, प्रतिश्प्रर्धि हैन ।’ अभियानले सहकारी विभागसंग हातेमालो गर्न अग्रह गर्दै भने ‘अभियानले सानो कुवाको सोचाई बाट माथि उठ्नु पर्छ सहकारी विभागलाई गाली नगरी अभियानको दायित्व पूरा नहुने भ्रमबाट मुक्त हुनु पर्छ ।’ सहकारी विभागले दिने अनुदानको विषमा अभियानको सल्लाह सुझाव र सहकार्यमा अघि वढ्ने बताए ।
विगतको सहकारी संस्थालाई दिने अनुदान कार्यविधिले कर्मचारीको जागिर चाँही जोगिने तर खर्च गर्न अप्ठ्यारो भएको भन्दै, सम्वन्धित तहमा अनुदान पुग्नेगरी कार्यविधि बनाउन सल्लाह, सुझाव लिनुपरेको बताए । राष्ट्र निर्माणमा सहकारीले महत्वपूर्ण भूमिका खेल्नसक्ने भन्दै रजिष्ट्रार पाण्डेले अभियानले साना मसिना कुरामा नअल्झि खुल्ला दिमागले सोच्न आग्रह गरे ।
Leave a comment