हाइलाइट

नागरिक विकास साकोसको स्थापना दिवसमा खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण

नागरिक विकास साकोसको स्थापना दिवसमा खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण :: Sahakari Akhabar

भक्तपुर । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारीको ललितपुर सेवाकेन्द्रले खुला रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको दशौं स्थापना दिवसको अवसरमा फागुन २५ गते नारी दिवसका दिन ललितपुरको ईमाडोलमा रक्तदान कार्यक्रम आयोजना गरेको थियोे ।

संस्थाको इमाडोल, रातामकै चोकमा रहेको सदस्य सेवा केन्द्रले रक्त सञ्चार केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको हो । सेवा केन्द्रको कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीहरुको निःशुल्क स्वास्थ्य परिक्षण समेत गराएका थिए ।

मधुमेह, ईसीजी र सहुलियत शुल्कमा होलबडी चेक अप समेत गरिएको संस्थाका अध्यक्ष नुनम सुब्बाले जानकारी दिए । संस्थाले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा सस्थाका सदस्य तथा सर्वसाधारणले पनि निशुल्क स्वाथ्य परिक्षण तथा रक्तदान गरेको अध्यक्ष सुब्बाले बताए ।



Leave a comment