काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको समन्वयमा यमुना बहुउद्देश्यीय सहकारी संस्था, आइडियल सोसाइटी समिश्रण बचत तथा ऋण सहकारी तथा नवमहादेव बचत तथा ऋण सहकारी एकीकरण भएका छन् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले प्रमुख अतिथिको रुपमा सभालाई सम्वोधन गरेका थिए । एकीकरण पछि संस्थाको नाम आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था रहने एकीकरण सभाले निर्णय गरेको छ ।
त्यसै गरी उज्यालो बचत तथा ऋण सहकारी संस्था र सम्पद बचत तथा ऋण सहकारी संस्था पनि एकीकरण भएका छन् । दुवै संस्थाले संयुक्त साधारणसभा गरी एकीकरण पछि उज्यालो सम्पद बचत तथा ऋण सहकारी संस्था रहने निर्णय भएको छ । प्रमुख अतिथि पुर्व कानुन मन्त्री शेरबहादुर तामाङले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
Leave a comment