हाइलाइट

कोरोनाका कारण सहकारी व्यवस्थापकहरुको कार्यशाला पनि स्थगित

कोरोनाका कारण सहकारी व्यवस्थापकहरुको कार्यशाला पनि स्थगित :: Sahakari Akhabar


दोलखा । जिल्लामा पहिलो पटक हुन लागेको सहकारी व्यवस्थापकहरुको कार्यशाला २०७६ पनि स्थगित भएकोे छ । कोरोना भाइरसको त्रासका कारण दोलखामा पहिलो पटक हुनलागेको सहकारीका ब्यवस्थापकहरुको कार्यशाला गोष्ठि स्थगित भएको हो ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको माहामारीलाई ध्यानमा राखि कार्यशाला स्थगित गरिएको आयोजकले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । दोलखा जिल्ला सहकारी संघ, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ र सहकारी व्यवस्थापकहरुको मञ्च सिएमएफ दोलखाको संयुक्त आयोजनामा चैत्र ७ र ८ गते दुई दिन दोलखामा आयोजना गर्न लागेको कार्यशाला सूचना जारी गरी स्थगित गरिएको जिल्ला सहकारी संघ दोखाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिए ।

संघले अर्को निर्णय नभए सम्मको लागि स्थगित भएको जनाएको छ । यस अघि दोलखा फागुन २२ र २३ गते हुने भनेको जिल्ला स्तरीय शैक्षिक सम्मेलन २०७६ स्थगित र फागुन २१ गते देखि ३० गते सम्म गर्ने भानिएको दोलखा महोत्सव पनि स्थगित गरेको थियो ।



Leave a comment