जय सहकारी

नमस्ते कोरोना र सहकारी संस्कार 

संस्कार शब्दको अर्थ हो पूर्ण गराइएको, तलासिएको, परिष्कार गरिएको वा सफा गरिएको

सहकारी नेताकालागि दरखास्त आब्ह्वान

सहकारी क्षेत्रको हितलाई आफ्नो हित सम्झी सदैव यसै क्षेत्रमा मरिहत्ते गरेर लागीरहने सक्षम, योग्य अनी क्षमतावान उमेदवारहरुले तल दिएको योग्यता पुगेको खण्डमा आवेदन दिन सक्ने जानकारी गराइन्छ । रित नपुगी र म्याद सकिए पछि आएको निवेदन मान्य हुने छैन । म्यादको हकमा पुष मसान्तलाई नवढाई तोकीएको छ ।

सहकारीका रमिते साधारण सभा

भदौको अन्तिम सातादेखि पुस मसान्तसम्म सहकारीहरुको साधारण सभा सिजन हो । सहकारीका नेतालाई असारको रोपाई जस्तो सभामा जान चटारो पर्छ । संस्था छानेर जाने प्रवृति र सहकारी नेतालाई नै वोलाउनु पर्ने प्रवृतिका कारण यो सिजनमा सहकारी नेताहरुले खडेरी पर्नु स्वभाविकै हो ।

सहकारी मार्फत मर्यादित कार्य ‘लभ पार्ने र जोडी बाँध्ने’

नेपालमा भएका मेल \ फिमेल गरी जम्मा जम्मी २८ वटा बाणिज्य बैंकहरु अब आफू सुहाउँदो संगीको खोजी गर्नु हम्मे हम्मे पर्ने पक्का छ । किनकी २८ वटा मध्ये ४ वटा मात्र फिमेल रहेछन । सानिमा, लक्ष्मी, मेगा र कुमारी । सानिमासंग जोडी बाँध्ने कुरै भएन, लक्ष्मी, मेगा, कुमारीको पनि कसैन कसैसंग लसपस त भएकै होला ।

ऐन पालना गर्ने होकी गराउने हो ? नियम कस्ले पालना गर्ने र कस्ले गराउने

माथिको वाक्यमा जिज्ञासा र प्रश्न दुइटा भए पनि यो विषयको समाधान भने एउटै हो, गर्ने पनि गराउने पनि । यानीकी गर्ने र गराउनेलेनै पालना गर्ने हो । ऐन कानुन पालना गर्ने गराउने दुवैले पालना गर्ने विषय हो यो । तर मूल प्रश्न वा जिज्ञासा के भने, भएन भने के हुन्छ भन्ने हो ।