काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारीका समस्या समाधान गर्न सरकारले चक्रिय कोष स्थापना गर्ने निर्णय गरिसकेको बताएकी छन् । मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या अहिले समाधान गर्न नसके कहिल्यै पनि समाधान नहुने भन्दै समाधानकालागि चक्रिय कोष स्थापना गर्ने निर्णय गरेको जनाइन । सरकारले १०० बुँदे कार्यसूचीमा टेकेर प्राथमिकतासाथ सहकारीको समस्या समाधान गर्ने बताएकी छन् ।
आज राष्ट्रिय सहकारी महासंघ संघको छलफलमा उनले सहकारी ब्यवसाय विकास र प्रवद्र्धनका लागि बाधक भएका ऐन कानूनहरुलाई संशोधन गरेर वा फाष्ट ट्र्याकबाट कानून बनाएर भए पनि काम गर्न सरकार तयार रहेको बताइन् ।
उनले चुनौतिका रुपमा रहेको विद्यमान समस्या समाधान गर्न सरकारले चक्रिय कोष स्थापना गर्ने निर्णय गरिसकेको र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहित सरोकारवाला सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताइन् ।
महासंघका कार्यबाहम अध्यक्ष रमेश पोखरेलले सहकारी अभियानमा हाल देखापरेका चुनौतीहरु र त्यसको समाधानको उपायका लागि सरकार र अभियान मिलेर काम गर्नुपर्ने बताए । छलफलमा मन्त्रालयका सचिव मदन भुजेल, महासंघका उपाध्यक्ष खेमबहादुर पाठक, सञ्चालक काशीचन्द्र बराल, महाप्रबन्धक डा.बाबुकाजी थापा, वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी लगायतको सहभागीता रहेको थियो ।
Leave a comment