हाइलाइट

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न ब्यवस्थापन समितिको निर्देशन

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न ब्यवस्थापन समितिको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू तथा जमानीहरूलाई १५ दिनभित्र ऋण तिर्न समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले निर्देशन दिएको छ । समितिले सूचना प्रकाशन गरी समस्याग्रस्त २० वटा सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू तथा जमानीहरूलाई १५ दिनभित्र ऋण तिर्न भनेको हो।

समितिले बैशाख ८ गते सूचना प्रकाशन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको मातहतमा आएको जनाएको छ।

ती संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, फोनलगायतका माध्यमबाट पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेकोले सूचना प्रकाशन गरेको जनाएको छ। सूचनामा समस्याग्रस्त सहकारीका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा १५ दिनभित्र समितिको कार्यालयमा सम्पर्क गरी रकम बुझाउन भनेको छ ।

उक्त मितिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउने जनाएको छ । साथै सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिँदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने जनाएको छ ।

समस्याग्रस्त २० सहकारी

१, स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड
२, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को(अपरेटिभ लिमिटेड
३, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
४, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
५, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लि
६, ओरेण्टल कोअपरेटिभ लिमिटेड
७, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
८, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेड
९, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१०, पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड
११, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
१२, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१३, हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेड
१४, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१५, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड
१६, श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१७, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१८, गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड
१९, नेपाल सहकारी वित्तीय संस्था लि।
२०, श्री आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था
आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समायोजित संस्थाहरू:
क, घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था
ख, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था
ग, आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था
घ, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था
ङ, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था



Leave a comment