समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त :: Sahakari Akhabar

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

त्यसैगरी समिति सदस्यहरुमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी गराएका छन् । केही समय अघि समितिको अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्य ललितकुमार महर्जन र ध्रुव आचार्यले राजिनामा दिएका थिए ।

गत चैत २४ गते मंगलबार मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको थियो । सरकारले उनीहरूलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको भएपनि कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका थिए ।



Leave a comment