हाइलाइट

सरकारले गर्यो समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीको राजिनामा स्विकृत

सरकारले गर्यो समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीको राजिनामा स्विकृत :: Sahakari Akhabar

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीको राजिनामा स्विकृत गरेको छ । समितिका अध्यक्ष र दुईजना विज्ञ सदस्यको राजीनामा स्वीकृत गरेको हो । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले दिएको राजिनामा स्विकृत गरेको हो । उनीहरुले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए । सरकारले उनीहरूलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो । कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन् ।



Leave a comment