हाइलाइट

यि हुन् यो वर्षका उत्कृष्ट सहकारी संघसंस्था र ब्यक्तिहरु 

यि हुन् यो वर्षका उत्कृष्ट सहकारी संघसंस्था र ब्यक्तिहरु  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सहकारी संघ संस्था तथा ब्यक्तिलाई सम्मान गर्ने घोषणा गरेको छ । यसमा यो वर्षको राष्ट्रिय सहकारी पुरस्कार २०८२ बाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई सम्मान गर्ने घोषणा गरेको छ । महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट उपसमितिका संयोजक खेमबहादुर पाठकले विभिन्न विधामा पुरस्कृत हुने संस्था तथा व्यक्तित्वहरूको घोषणा गरेका थिए ।

उत्कृष्ट सहकारी पुरस्कारबाट झापा जिल्ला सहकारी संघलाई सम्मान गरिने भएको छ । सातै प्रदेशबाट उत्कृष्ट सहकारी छनोट गरिएको छ । जसअनुसारः कोशी प्रदेशबाट मेचीनगर साकोस, मधेश प्रदेशबाट महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्था, बर्दिबास, बागमती प्रदेशबाट महिला मिलन साकोस, मकवानपुर छनोट भएको छ ।

गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस, नवलपरासी, लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी, बाँके, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था, बीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी, बाजुरा र छनोट भएको पाठकले बताए । 

गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस, नवलपरासी, लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी, बाँके, सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी, बाजुरा छनोट भएको पाठकले बताए । उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीकी व्यवस्थापक शर्मिला गौतम भट्टराई सम्मानित हुनुहुने भएको छ । सहकारी पत्रकारिता पुरस्कारबाट सुनौलो नेपाल डटकमकी प्रदेश ब्युरो प्रमुख चिना थापा सम्मानित हुने घोषणा गरिएको छ । यी सबै पुरस्कारहरू अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने महासंघले जनाएको छ ।



Leave a comment