हाइलाइट

श्री बाराही साकोसका सदस्यलाई एकहप्ते श्रृंगार तालिम 

श्री बाराही साकोसका सदस्यलाई एकहप्ते श्रृंगार तालिम  :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई श्रृंगार तालिम दिएको छ । संस्थाको महिला उपसमितिको आयोजनामा आज, जेठ ३१ गते एकहप्ते स्वःश्रृंगार तालिम प्रदान गरेको हो । तालिम संस्थाको अध्यक्ष राधेश्याम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

महिला सदस्यहरुको व्यक्तिगत र व्यावसायिक जीवनमा सकारात्मक उर्जा प्रदान गर्ने उद्देश्यले संस्थाले तालिम प्रदान गरेको जनाएको छ । संस्थाका अध्यक्ष सुवालले तालिमबाट व्यक्तिको बाह्य रुपरेखा मात्र नभई उसको आन्तरिक आत्मविश्वास, व्यक्तित्व र व्यवसायिकतामा पनि निर्खार ल्याउने बताए ।

आफुसँग भएको सीप, क्षमतालाई अझ उजागर गरि अगाडी बढ्नुपर्ने भन्दै आगामी दिनमा पनि यस्ता तालिम कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले समापन कार्यक्रममा स्वःश्रृंगार तालिम केवल ’राम्रो देखिनु’ मात्र नभइ आफूलाई ’सही र मर्यादित रूपमा प्रस्तुत गर्ने’ कला भएको बताए ।

उनले व्यक्तिको आन्तरिक क्षमतालाई बाहिर ल्याउन उत्प्रेरकको भूमिका खेल्ने बताए । श्री बाराही साकोसले वित्तीय कारोबारका साथसाथै सामाजिक, सांस्कृतिक र व्यवसायिक  गतिविधिहरु गर्दै आइरहेको बताउँदै आगामी दिनमा हुने तालिम, शिक्षा कार्यक्रमहरुको बारोमा पनि जानकारी गराए ।

प्रशिक्षक अमिता त्वातीद्धारा प्रशिक्षण गरेको तालिममा १६ जना सहभागिहरु रहेका थिए । सहभागिहरुले छोटो समयमै प्रभावकारी तथा उपयोगी सीप सिक्न पाएकोमा संस्थाप्रति आभार प्रकट गर्दै सहकारीले यस्तो व्यावहारिक र सीपमूलक तालिमले आफु लगायत परिवारलाई समेत उपयोगी हुने बताए । संस्थाका कर्मचारी कृष्ण सुन्दर त्वायनाले संचालन गरेको कार्यक्रममा महिला उपसमितिका सदस्य गीता साख बाडेबाट स्वागत, उपसमितिका संयोजक चंचल कर्माचार्यले धन्यवाद व्यक्त गरेकी थिइन ।



Leave a comment