हाइलाइट

सहकारीमा युवा नेतृत्व प्रवर्धनका लागि अन्तरक्रियात्मक तालिम सम्पन्न

सहकारीमा युवा नेतृत्व प्रवर्धनका लागि अन्तरक्रियात्मक तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको युवा समन्वय उपसमितिको आयोजनामा “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक अन्तरक्रियात्मक तालिम कार्यक्रम सम्पन्न भएको छ । सहकारी क्षेत्रमा युवाको सहभागिता वृद्धि गर्दै नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको अध्यक्षता युवा समन्वय उपसमितिका संयोजक रोशनकुमार श्रेष्ठले गरेका थिए भने जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । युवा समन्वय उपसमितिका सदस्य सुरजकुमार न्यौपानेले कार्यक्रम सञ्चालन तथा सदस्य समेश सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

तालिम प्रशिक्षक तथा मोटिभेटर राजु सरकारले सहजीकरण गरेका थिए । उनले सहकारी क्षेत्रमा नेतृत्व विकास, आत्मविश्वास, निर्णय क्षमता, प्रभावकारी सञ्चार र समूह व्यवस्थापनका विषयमा व्यावहारिक प्रशिक्षण दिंदै युवालाई सहकारीको निर्णय प्रक्रियामा सक्रिय रूपमा समावेश गरिनुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि अमन पोटे श्रेष्ठले सहकारी आन्दोलनलाई सुदृढ बनाउन युवा पुस्ताको सक्रियता अपरिहार्य रहेको भन्दै संस्थागत विकास, पारदर्शिता र सुशासनका लागि युवा र अनुभवी नेतृत्वबीच समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरू, सञ्चालक समितिका सदस्यहरू, उपसमिति सदस्यहरू, कर्मचारीहरू तथा प्रारम्भिक सहकारी संस्थाका ६५ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।

समापन सत्रमा संयोजक रोशन कुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै सहकारी संस्थाको विकासमा योगदान पुर्याउन सहभागीहरूलाई आग्रह गरे । संघका कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले कार्यक्रमले सहभागीहरूको क्षमता विकासमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गर्दै यस्ता तालिमहरूले सहकारी क्षेत्रको संस्थागत सबलीकरणमा दीर्घकालीन योगदान दिने बताए ।



Leave a comment