हाइलाइट

सहकारी अभिलेखिकरण नगरे ठगीलगायत संस्था खारेजी सम्म हुने

सहकारी अभिलेखिकरण नगरे ठगीलगायत संस्था खारेजी सम्म हुने :: Sahakari Akhabar

कठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता अभिलेखिकरण नगरे राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ठगीमा कारबाही गर्नेभएको छ।

सहकारीको बर्गिकरण र बचत ऋणको मुख्य कारोबारको विषय प्राधिकरणको जिम्मामा रहेको भन्दै सवैलाई अभिलेखिकरण गर्न भनेको हो । प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्न सबै प्रकृतिका सहकारीलाई सूचना जारी गर्दै संस्था खारेजीसम्म हुने जनाएको छ।

त्यसैगरी प्राधिकरणबाट इजाजतपत्र नलिई बचत तथा ऋणको कारोबार गरेमा घितो रोक्का तथा दृष्टिबन्धक गर्ने कार्यमा अवरोध हुने जनाएको छ । त्यसैगरी करचुक्ता लिन, कर्जा सूचना केन्द्रको सदस्य हुन, वार्षिक बाह्य लेखापरिक्षण गर्न समेत अवरोध हुने जनाएको छ ।

अभिलेखिकरण नगरे कारोबार रोक्का हुनसक्ने, ठगीमा कारवाही हुनसक्ने र संस्थाको दर्ता खारेजी हुनसक्ने र दर्ता अभिलेखिकरण नगरे कारवाही हुने जनाएको छ । प्राधिकरणले फागुन ११ गते भित्र दर्ता अभिलेखीकरण प्रक्रियामा सहभागी भई कारोबार सञ्चालन इजाजतपत्र लिन सूचना जारी गरेको छ ।

सहकारी ऐन, २०७४ बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय लगायतका सहकारी संस्थाहरुलाई ऐनको दफा २०क बमोजिम दर्ता तथा वर्गीकरण गर्ने जिम्मेवारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई तोकिएको जनाएको छ ।

उक्त प्रयोजनका लागि प्राधिकरणबाट असोज १० गते बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण सम्बन्धी मापदण्ड (संशोधन सहित), जारी भएको र मंसिर १० गतेदेखि दर्ता तथा अभिलेखीकरण सम्बन्धी सफ्टवेयर कार्यान्वयनमा आई इजाजत प्रदान गर्ने प्रक्रिया प्रारम्भ भएको थियो ।

पहिलो पटक ६० दिनको समय दिएको थियो । ६० दिनमा ४ हजार मात्र संस्थाले अभिलेखिकरण गरेपछि प्राधिकरणले सहकारी अभिलेखिकरण गर्न पूनः ३० दिन समय थप गरेर फागुन ११ गतेसम्म पुर्याएको छ ।



Leave a comment