हाइलाइट

सहकारीलाई सम्पत्ति शुद्धीकरणमा विवरण पठाउन एकमहिना समय थप

सहकारीलाई सम्पत्ति शुद्धीकरणमा विवरण पठाउन एकमहिना समय थप :: Sahakari Akhabar

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणमा सहकारीहरुलाई विवरण पठाउन विभागले एक महिनाको समय थपेको छ । विवरण प्रविष्टी गर्ने समयावधि यस अघि पुष मसान्तसम्म रहेकोमा समय थपगरी माघ मसान्तसम्म पुर्याएको विभागले जनाएको छ ।

संघिय सहकारी विभागले आज सूचना जारी गरी विवरण पठाउन बाँकी सहकारीहरुलाई माघमसान्तसम्म विवरण पठाउन सकिने जनाएको छ । सूचनामा सहकारी संस्थाहरुको तथ्यांक संकलनको कार्य २०८२ श्रावण १ गतेदेखि नै निरन्तर भै रहेको र सहकारी संस्थाहरुवाट आफ्नो संस्थाको विवरण विभागले दिएको गुगल फर्ममा प्रविष्टी गर्ने कार्य उत्साहपुर्वक भैरहेको जनाएको छ ।

विभाग र राष्ट्रिय तथ्यांक कार्यालयको सहकार्यमा देशको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदानको सर्भेक्षण गर्नेगरी कार्य अगाडि वढाइरहेकोले सहकारी संस्थाहरुको अद्यावधिक विवरण समेत आवश्यक भएकोले सूचना जारी गरेको विभागको भनाइ छ ।

विभागले गुगल फर्ममा विवरण प्रविष्टी गर्न अनुरोध गरेको छ । साथै यस अघि विवरण भरिसकेका सहकारी संस्थाहरुले पुनः फाराम भर्नु नपर्ने र २०८२ श्रावण देखि हालसम्म एक पटक पनि नभर्ने संस्थाहरुले उक्त फर्म भर्नुपर्ने विभागका उपरजिष्ट्रार सुचित्रा राईले जनाएकी छन् ।



Leave a comment