काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालक कार्यकारी प्रमुख रहेको सहकारी संस्थाको कार्यक्रममा सहकारी नियमन प्राधिकरणका अध्यक्ष नै प्रमुख अतिथि रहेको पाइएको छ । संघका संचालक खेमराज सुवेदी कार्यकारी प्रमुख रहेको काठमाडौंको सहयात्री बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा.खगराज शर्मा प्रमुख अतिथि रहेका हुन ।
नेफ्स्कूनका संचालक सुवेदी कार्यकारी अध्यक्ष रहेको सहकारी संस्थाको कार्यक्रममा प्रमुख अतिथि बनेर शर्माले प्राधिकरणकै निर्देशन मिचेको देखिन्छ । प्राधिकरणका अध्यक्ष शर्मा नेफ्स्कून संचालक सुवेदी अध्यक्ष रहेको उक्त सहकारी संस्थाको बार्षिकोत्सवको भोजमा प्रमुख अतिथि भएर सहभागि भएका हुन् ।
अध्यक्ष शर्मा उक्त संस्थाको पुष १९ गते शनिबार सम्पन्न २० औं स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि रहेको संस्थाले नै जनाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमक निकाय भएकोले स्वार्थ बाझिने संस्थाको सभामा सहभागि हुन नमिल्ने प्राधिकरणको निर्देशन छ ।
तर अध्यक्ष स्वयंले उक्त निर्देशनको उलंघन गरेको पाइएको हो । अध्यक्ष सुवेदी सहकारी कानुन विपरित उक्त संस्थाको कार्यकारी पदमा बसेर सेवा सुविधा लिइरहँदापनि नियमक निकायका प्रमुखले नै साथ दिएको देखिन्छ । सुवेदी सहकारीमा दोहोरो पद कार्यान्वयन नगर्ने संचालक मध्येका एक हुन् ।

सहकारी नियमन प्राधिकरण, सहकारी विभाग र नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा दोहोरो पद बस्न नमिल्ने उल्लेख गरेको छ । निर्देशनमा भनिएको छ, ‘कुनैपनि ब्यक्ति कुनै एक तहको सहकारी संस्थाको संचालक समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समितिको संयोजक पदमा दुई कार्यकाल भन्दा बढी अवधीकालागि निर्वाचित हुनसक्ने छैन ।’ ‘कुनैपनि सदस्य एकै अवधीमा एकभन्दा वढी संस्थाको संचालक वा पदाधिकारी हुनपाइने छैन ।’
त्यसैगरी सहकारी ऐनको परिभाषामा सहकारी भन्नाले, सहकारी संघ र सहकारी बैंकलाई समेत जनाउने छ, भन्ने उल्लेख छ । संचालक सुवेदी उक्त प्रारम्भिक संस्थामा लामो समयदेखि कार्यकारी अध्यक्ष रहिआएका छन भने उनी कार्यकारी अध्यक्ष रहेकै बेला नेफ्स्कूनको संचालक बनेका हुन् ।
सहकारी नियमन प्राधिकरणको निर्देशन आएपछि पनि २०८२ साल भदौ ५ गते संस्थाको २० औं बार्षिक साधारण सभाबाट फेरी उक्त संस्थाको अध्यक्ष बनेर कानुन कार्यान्वयनमा अटेरी गरेको देखिन्छ । उनले संस्थाबाट मासिक ७५ हजार तलव, खाजा खर्च अधिकतम ५ हजार, मासिक २५० लिटर इन्धन, मासिक एक हजार टेलीफोन खर्च र बैठक भत्ता लिंदै आएको प्रतिवेदनमा उल्लेख छ।
सहकारी कानुन अनुसार छाता संघको संचालकमा निर्वाचित भएपछि त्यसभन्दा तलको पद छोड्नुपर्ने ब्यवस्था भएपनि संचालक सुवेदी प्रारम्भिक संस्थाको निणर्य तहमा नै रहेका छन् । सुवेदी संचालक रहेको केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले समेत दोहोर पदका विषयमा सहकारी विभागमार्फत ब्याख्या गर्नलगाएको थियो ।
नेफ्स्कूनले २०८० साल मंसिर ८ गते सहकारी विभागलाई पत्र लेखेर दोहोरो पदको ब्याख्या गरिदिन भनेको थियो । मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा दोहोरो पदबारे ब्याख्या गर्दै ‘कुनै ब्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको संचालक हुन सक्नेछ’ भन्ने जवाफको पत्र पठाएको देखिन्छ । तर नेफ्स्कूनका अधिकांश संचालकले दोहोरो पद छाड्नसकेका छैनन् ।
सहकारी विभागले जारी गरेको दोहोरो पद कार्यान्वयनको निर्देशन नमानेका सुवेदीलाई प्राधिकरणका अध्यक्षको समेत साथ रहेकोले कानुन कार्यान्वयन नगर्दा पनि असर नगरेको सहकारीकर्मी बताउँछन् ।
प्राधिकरणले भदौ १७ गते जारी गरेको साधारण सभा निर्देशनमा समेत बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभामा सहकारी संस्थाको दर्ता, नियमन अनुगमन वा सुपरिवेक्षणसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्वन्धित कुनैपनि निकायका गैह्र सदस्य, कर्मचारी वा पदाधिकारी सहभागि नहुने नगराउने । यस विपरित त्यस्ता पदाधिकारीको सहभागितालाई स्वार्थको द्धन्द्ध मानिने उल्लेख छ ।
यस्तो छ सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्वन्धि निर्देशन:
Leave a comment