काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा शिवप्रसाद सिग्देललाई नियुक्त गरेको छ । त्यस्तै समितिका सदस्यद्वयमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गरेको बागमति प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी तथा सदस्यद्वय यतिराज सापकोटा र यज्ञराज दाहालले दिएको राजीनामा पुष १६ गते स्वीकृत गरेको थियो ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया