काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया भोलीदेखि सुरु गर्ने भएको छ । सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर निमार्ण कार्य सम्पन्न भएसंगै १० गतेदेखि अभिलेखिकरण सुरु गर्ने भएको हो।
भोली औपचारिक कार्यक्रम गरी सफ्टवेयर परिक्षण सम्पन्न गर्ने र अभिलेखिकरणका लागि संस्थाहरुलाई आब्ह्वान गरिने प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले जानकारी दिए । भोली १० गते सफ्टवयेर निर्माण र परिक्षण कार्य सकिएपछि बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाहरुले आफ्नो विवरण भर्नसक्नुहुनेछ, उनले भने ।
प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन)’ जारी गरेको थियो । मापदण्ड जारी भएपनि सफ्टवेयर निमार्ण नहुँदा दर्ता प्रक्रिया अघि बढ्न सकेको थिएन । सफ्टवेयर लञ्च भएको ६० दिनभित्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु प्राधिकरणमा विवरण बुझाइसक्नु पर्नेछ ।
Leave a comment