हाइलाइट

राजिनामा दिएका सल्लाहकारको नाम किन हटाएन सहकारी बैंकले

राजिनामा दिएका सल्लाहकारको नाम किन हटाएन सहकारी बैंकले :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सल्लाहकार समितिबाट राजिनामा दिएका सल्लाहकार समितिका सदस्यको पनि नाम प्रतिवेदनमा प्रकाशन गरेको छ । सहकारी बैंकले सल्लाहकार दिपकप्रकाश बास्कोटाको नाम सल्लाहकार समितिबाट नहटाएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सहकारी बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१ / ०८२ को बार्षिक प्रतिवेदनमा प्रकाशित संचालक तथा सल्लाहकारको विवरणमा राजिनामा दिएका बास्कोटाको पनि नाम रहेको छ । बास्कोटाले सहकारी बैंकबाट राजिनामा दिइसकेको सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका थिए ।

उनले गत साउन २० गते नै आफूले सहकारी बैंकको सल्लाहकार समितिबाट राजिनामा दिएको र उक्त राजिनामा साउन २१ गतेबाट लागु हुने उल्लेख गरेका थिए । सहकारी बैंकको वर्तमान संरचनाप्रति असन्तुष्टि जनाउँदै बास्कोटाले राजिनामा दिएको जनाएका थिए ।

तर सहकारी बैंकले प्रकाशन गरेको बार्षिक प्रतिवेदनमा भने संचालकमा ९ जना तथा सल्लाहकारमा बास्कोटा सहित ९ जनाकोे नाम प्रकाशित गरेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सहकारी बैंकलाई ७ जनाको संचालक समिति बनाउन निर्देशन दिएपनि विनियम संसोधन तथा पूनर्लेखन सुझावमा बैंकले ९ जनाको संचालक समितिको सुझाव बुझाएको छ ।



Leave a comment