काठमाडौं । बागमती प्रदेशका ५ सहकारीका बचतकर्तालाई अनलाइन मागदावी पेस गर्न बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूनः सूचना जारी गरेको छ । समितिले विभिन्न मितिमा समस्याग्रस्त घोषणा गरीएका उक्त संस्थाहरुको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समितिमा रहेको जनाएको छ ।
समितिले समस्याग्रस्त घोषित संस्था वा संघका सदस्य, बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकमको दावी पेश गर्न भदौ १८ गते सूचना प्रकाशित गरिएकोमा दशै बिदाको कारणवाट सेवाग्राहीहरुलाई अनलाइन मागदावी पेश गर्न असमर्थ भएकोले पूनःसूचना जारी गरेको जनाएको छ । समितिले कात्तिक २ गते सम्म म्याद थप गरेको सूचनामा जनाएको छ ।
१, सिभिल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि. सोल्टीमोड, काठमाडौ
२, दर्शन वचत तथा ऋण सहकारी संस्था लि. किर्तिपुर, काठमाडौं
३, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. खुसिबु, काठमाडौ
४, नेशनल नमोवुद्ध वचत तथा ऋण सहकारी संस्था लि. गोगंबु, काठमाडौं
५, सुमेरु वचत तथा ऋण सहकारी संस्था लि. पुल्चोक, ललितपुर
Leave a comment