गण्डकी प्रदेशका १६ वटा सहकारीको दर्ता खारेजी

गण्डकी प्रदेशका १६ वटा सहकारीको दर्ता खारेजी :: Sahakari Akhabar

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले १६ वटा सहकारी संस्था खारेजी गरेको हो । कार्यालयको भदौ ७ गते ३ वटा सहकारी संस्थाको दर्ता खारेजी गरेसंगै खारेजीमा परेका संस्थाको संख्या १६ पुगेको हो ।

पछिल्लो पटक खारेज भएका सहकारीहरुमा सिम्जुङ ग्रामिण विद्युत सहकारी गोरखा, बैदी शक्ति बचत तथा ऋण सहकारी तनहुँ र मुदी बहुउद्देश्यीय सहकारी म्याग्दी रहेका छन् । गत वर्ष गोरखा जिल्लाका ५, कास्की जिल्लाका ३, तनहुँ जिल्लाका ३, लमजुङ र बागलुङ जिल्लाका १ र १ गरी १३ वटा सहकारी संस्थाको दर्ता खारेजी गरिएको कर्यालयले जनाएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा नियमन क्षेत्राधिकार भित्रका १६ वटा सहकारी संस्थाको दर्ता खारेज भइसकेको कार्यालयले जनाएको हो । यी सहकारी दर्ता खारेजी भइसकेपछि गण्डकी प्रदेशमा ९०१ वटा सहकारी संघ संस्था रहेको जनाइएको छ ।

प्रदेशमा ५८१ वटा सहकारी संघ संस्था कार्यालयमा अद्यावधिक रहेको र ३२० वटा सहकारी संघ संस्था निष्क्रिय रहेका छन् । १३ वटा सहकारी संस्था र २ वटा सहकारी संस्थाका सेवा केन्द्रमा आर्थिक अपचलन हिनामिना भई सम्बन्धित निकायमा अनुसन्धान र कारबाहीका लागि लेखिपठाइएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

दर्ता खारेजी भएका संस्थाहरुः

ग्लोबल बहुउद्देश्यीय सहकारी, पोखरा
पद्म नर्सिङ बचत तथा ऋण सहकारी, पोखरा
मर्दी हिमाल कृषि सहकारी,माछापुच्छ्रे गाउँपालिका, कास्की
अजम्बरी कृषि सहकारी, तनहुँ 
उपभोक्ता सहकारी संघ, तनहुँ
माझकोट उपभोक्ता सहकारी, तनहुँ
लघुउद्यम कोशेली घर सहकारी, लमजुङ
गोरखा सूचना तथा सञ्चार सहकारी, गोरखा
जनता सूचना तथा सञ्चार सहकारी, गोरखा
नागरिक बचत तथा ऋण सहकारी, गोरखा
सत्यनारायण बचत तथा ऋण सहकारी, गोरखा
सहयोगी कृषि सहकारी संस्था, गोरखा
सारथी सूचना तथा सञ्चार सहकारी, बागलुङ 
सिम्जुङ ग्रामिण विद्युत सहकारी, गोरखा
बैदीशक्ति बचत तथा ऋण सहकारी, तनहुँ
मुदी बहुउद्देश्यीय सहकारी, म्याग्दी



Leave a comment