सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्न सहकारी महासंघको आग्रह

सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्न सहकारी महासंघको आग्रह :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सेवा प्रवाह गर्दा सुरक्षालाई पहिलो प्राथामिकतामा राख्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै सहकारीका सदस्य, सहकारीकर्मी तथा कर्मचारीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न सहकारी संघ संस्थालाई आग्रह गरेको हो ।

जोखिमपूर्ण अवस्था सृजना भएमा कार्यालय तथा कर्मचारीको जनधनको सुरक्षालाई सर्वोपरी मान्दै आवश्यक निर्णय लिन समेत महासंघले आग्रह गरेको छ। महासंघले अहिलेको सवेदनशील घडीमा वार्ता र संवादमार्फत शान्तिपूर्ण समाधान खोज्न समेत सम्वन्धित पक्षलाई अनुरोध गरेको छ ।

सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सामाजिक एकता र सद्भाव नेपालीको विशिष्ट विशेषता भएको भन्दै यस्तो विषम् परिस्थितिमा सहकारी क्षेत्रले दृढ विश्वासका साथ धैर्य र जिम्मेवार  भूमिका निर्वाह गर्न समेत आग्रह गरेकी छिन् ।



Leave a comment