हाइलाइट

सहकारी नियमन प्राधिकरणको सदस्यमा सीए महेश खनाल नियुक्त

सहकारी नियमन प्राधिकरणको सदस्यमा सीए महेश खनाल नियुक्त :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्यमा सीए महेश खनाल नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खनाललाई सहकारी नियमन प्राधिकरणको सदस्यमा नियुक्त गरेका हुन् ।

सहकारी नियमन प्राधिकरणमा सदस्य चार्टर्ड एकाउन्टेन्टको नियुक्ति बाँकी थियो । सरकारले चार्टर्ड एकाउन्टेन्ट खनाललाई नियुत्ति गरेसँगै प्राधिकरणले पूर्णता पाएको छ । खनाल नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र लेखापरीक्षणमान बोर्डका पूर्व अध्यक्ष हुन ।

सरकारले प्राधिकरणको गत सोमबार विज्ञ सदस्यमा डा.रमेश चौलागाईलाई नियुक्त गरेको थियो । दुबै सदस्यको पद तथा गोपनियताको सपथग्रहण आज सोमबार हुँदैछ । मन्त्री अधिकारीले सदस्यहरुको पद तथा गोपनियताको सपथग्रहण दिउँसो १ बजे गराउने कार्यक्रम छ । प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा संगै सदस्यहरुमा नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहसचिव मदन कोइराला रहेका छन् ।



Leave a comment