हाइलाइट

यस्ता छन् वर्ष ८२ का नेफ्स्कूनले घोषणा गरेका उत्कृष्ट साकोसहरु

यस्ता छन् वर्ष ८२ का नेफ्स्कूनले घोषणा गरेका उत्कृष्ट साकोसहरु :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले संघको ३८ औं स्थापना दिवसको अवसर पारेर सातै प्रदेशका उत्कृष्ट साकोसहरुलाई सम्मान गरेको छ । संघले देशै भरिबाट एउटा संघ र संस्था तथा सातै प्रदेशका साकोस मध्येबाट एक एकवटा संस्थागरी कूल आठ संस्था तथा एक संघका साथै प्रविधि प्रयोगमा उत्कृष्ट संस्थालाई सम्मान गरेको हो ।

वर्ष ०८२ मा उत्कृष्ट घोषित संघसंस्थालाई गत शनिबार नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलगायतले सम्मान प्रदान गरेका थिए । नेफ्स्कूनले विगतमा स्थापना दिवसको अवसरमा पुरस्कार तथा सम्मान घोषणा गरी साधारण सभाको अवसरमा प्रदान गर्दै आएको थियो यस बर्षबाट भने स्थापना दिवसकै अवसरमा सम्मान प्रदान गर्न सुरु गरेको हो । यस्ता छन् संघले सम्मान तथा पुरस्कृत गरेको सहकारी संघ संस्थाहरु ।

उत्कृष्ट संघ सम्मान

रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि. 
बुटवल–६, रुपन्देही
स्थापनाः २०६२
कूल सदस्यः २५२
कूल सम्पतिः ८७ करोड

सर्वोत्कृष्ट साकोस सम्मान

बुडोल सामुदायिक साकोस, 
बनेपा–६, काभ्रेपलाञ्चोक
स्थापनाः २०५०
कूल सदस्यः १९५७३
कूल सम्पतिः २१८ करोड
संस्थागत पूँजीः १७ करोड
एक्सेस कार्यक्रममा आवद्ध

उत्कृष्ट सेवा सञ्चालन (प्रविधि)

सगुन साकोस, बर्दिया
स्थापनाः २०५३
कूल सदस्यः ८१५१
कूल सम्पतिः २६ करोड
संस्थागत पूँजीः ९२ लाख
सफ्टवेयरः मिरा

कोशी प्रदेश स्तरीय उत्कृष्ट साकोस

महाभारत जेफाले साकोस, केराबारी–०२, मोरङ
स्थापनाः २०७५
सदस्य संख्याः ११६०
कूल सम्पतिः ८ करोड ७४ लाख
संस्थागत पूँजीः ६१ लाख ४७ हजार
कर्बस कार्यक्रममा आवद्ध

मधेस प्रदेश स्तरीय उत्कृष्ट साकोस

तामागढी साकोस
कोल्हवी–०१, बारा
स्थापनाः २०६५
सदस्य संख्याः ६८०७
कूल सम्पतिः ४६ करोड
संस्थागत पूँजीः ४ करोड
प्रोवेशन कार्यक्रममा आवद्ध

बागमती प्रदेश स्तरीय उत्कृष्ट साकोस

स्रोत परिचालन साकोस, निलकण्ठ–३ धादिङ
स्थापनाः २०५४
सदस्य संख्याः ७६७४
कूल सम्पतिः ७० करोड ९२ लाख
संस्थागत पूँजीः ५ करोड १४ लाख
एक्सेस कार्यक्रममा आवद्ध

गण्डकी प्रदेश स्तरीय उत्कृष्ट साकोस

हातेमालो साकोस, बेसीशहर–७ लमजुङ
स्थापनाः २०६७
सदस्य संख्याः ५३७८
कूल सम्पतिः ३४ करोड ३८ लाख
संस्थागत पूँजीः २ करोड ७५ लाख
प्रोवेशन कार्यक्रममा आवद्ध

लुम्विनी प्रदेश स्तरीय उत्कृष्ट साकोस

लेकाली स्वाबलम्बन साकोस, रेसुङ्गा–१ गुल्मी
स्थापनाः २०५०
सदस्य संख्याः ४०२१
कूल सम्पतिः ६८ करोड ७५ लाख
संस्थागत पूँजीः ५ करोड १० लाख
एक्सेस कार्यक्रममा आवद्ध

कर्णाली प्रदेश स्तरीय उत्कृष्ट साकोस

डिग्रे शाईकुमारी साकोस, मुसीकोट–१ रुकुम 
स्थापनाः २०६३
सदस्य संख्याः ५०६३
कूल सम्पतिः २७ करोड ८५ लाख
संस्थागत पूँजीः ३ करोड २५ लाख
प्रोवेसन कार्यक्रममा आवद्ध

सुदुरपश्चिम प्रदेशस्तरीय उत्कृष्ट साकोस

मोहना लालझाडी क्षेत्र साकोस, लालझाडी–१० कञ्चनपुर
स्थापनाः २०६३
सदस्य संख्याः ३०८७
कूल सम्पतिः १२ करोड ६६ लाख
संस्थागत पूँजीः १ करोड ६३ लाख
कर्बस कार्यक्रममा आवद्ध



Leave a comment