हाइलाइट

सातै प्रदेशका उत्कृट साकोस सिइओ घोषणा, देवराज ज्ञवाली बने सुपर सिइओ 

सातै प्रदेशका उत्कृट साकोस सिइओ घोषणा, देवराज ज्ञवाली बने सुपर सिइओ  :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) स्थापना दिवसको अवसरमा साकोस सुपर सिइओका साथै सातै प्रदेशका उत्कृट साकोस सिइओ घोषणा गरेको छ । संघको ३८ औं स्थापना दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको हो । यसका साथै संघले विभिन्न विधामा संघ संस्था तथा ब्यक्तीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

संघले घोषणा गरेका सुपर सिएओमा उत्कृष्ट व्यवस्थापक (सुपर सिइओ) पुरस्कार देवराज ज्ञवालीलाई प्रदान गरिएको छ । ज्ञवाली तिलोत्तमा ३ रुपन्देहीमा रहेको सामुहिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत हुन् ।

स्नातकोत्तर अध्ययन गरेका ज्ञवाली सहकारीको ब्यवस्थापन प्रमुख भएको ५ वर्ष भएको छ भने उनले नेतृत्व गरेको संस्थामा १२ हजार ३५० जना सदस्य रहेका छन् । संस्थाको कूल सम्पति ३ अर्ब ५९ करोड रहेको जनाइएको छ ।

त्यसैगरी नेफ्स्कून प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कारमा कोशी प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक महिला साकोस इटहरी–४ सुनसरीकी प्रमुख कार्यकारी अधिकृत जुनुसा पुरीले पाएकी छन् । व्यवस्थापन संकाय र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी पुरी संस्थामा ब्यवस्थापन प्रमुख रहेको ८ वर्ष भएको छ । उनले नेतृत्व गरेको उक्त संस्थामा ८ हजार ७८८ जना सदस्य रहेका छन् भने ७४ करोड संस्थाको कूल सम्पति रहेको जनाइएको छ ।

त्यसैगरी मधेस प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापकमा आइडियल साकोस राजविराज ४ सप्तरीका विनोदकुमार साफीलाई प्रदान गरिएको छ । स्नातक अध्ययन गरेका साफीको सहकारीमा १८ वर्षको अनुभव रहेको छ । उनले नेतृत्व गरेको संस्थामा १७ हजार ६८६ जना सदस्य तथा १ अर्ब ५० करोड कूल सम्पति रहेको छ ।

बागमती प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक ललितपुरमा रहेको हाम्रो साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेलाई प्रदान गरिएको छ । स्नातकोत्तर अध्ययन गरेका घिमिरेको सहकारीमा २७ वर्षको अनुभव रहेको छ । त्यसैगरी घिमिरेले ब्यवस्थापन प्रमुख सम्हालेको संस्थामा ६ हजार ९९८ जना सदस्य तथा १ अर्ब ७७ करोड सम्पति रहेको जनाइएको छ ।

त्यसैगरी गण्डकी प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक डम्बर सिंह बस्नेत भएका छन् । पोखराको गौरीशंकर साकोसका प्रमुख कार्यकारी अधिकृत रहेका बस्नेतले स्नातकोत्तर अध्ययन गरेका छन् । सहकारीमा १८ वर्षको अनुभव सम्हालेका बस्नेतले ब्यवस्थापनको नेतृत्व गरेको संस्थामा ६ हजार ६०७ जना सदस्य तथा १ अर्ब ५३ करोड सम्पति रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक सम्मान पाएका प्रकाश बैद्य प्युठानको विजय फूलबारी साकोसका व्यवस्थापक हुन् । स्नातक अध्ययन गरेका बैद्यको सहकारीमा १९ वर्षको अनुभव छ । उनले ब्यवस्थापन सम्हालेको संस्थामा ४ हजार ३४५ जना सदस्य तथा २९ करोड सम्पति रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक सम्मान पाएका छत्रबहादुर थापा विरेन्द्रनगर साकोस सुर्खेतका प्रमुख कार्यकारी अधिकृत हुन् । स्नातक तह अध्ययन गरेका थापाको सहकारीमा २४ वर्षको अनुभव छ। उनी कार्यरत सहकारीमा १९ हजार ३४४ जना सदस्य तथा १ अर्ब ४९ करोड सम्पति रहेको छ ।

त्यसैगरी सुदुरपश्चिम प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक सम्मान पाएकी दुर्गा ठगुन्ना जगन्नाथ महिला साकोस दशरथचन्द ४ बैतडीकी व्यवस्थापक हुन् । प्रमाणपत्र तह अध्ययन गरेकी दुर्गाको सहकारीमा १५ वर्षको अनुभव छ । उनी कार्यरत संस्थामा १ हजार ५० जना सदस्य रहेको संस्थाको कूल सम्पति ३ अर्ब ७५ करोड रहेको जनाइएको छ ।



Leave a comment