हाइलाइट

सहकारी प्राधिकरणको विज्ञ सदस्यमा डा.रमेश चौलागाई नियुक्त

सहकारी प्राधिकरणको विज्ञ सदस्यमा डा.रमेश चौलागाई नियुक्त :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा डा.रमेश चौलागाई नियुक्त हुनेभएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चौलागाईं नियुक्त गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा रहेको ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तीका लागि गठित सिफारीस समिति’ले साउन १० गते विज्ञ सदस्यको व्यवसायीक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता लिएको थियो ।

समितिले नियुक्तिका लागि तीन जनाको नाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारीस गरेको थियो । समितिले विज्ञ सदस्यका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उपाध्याय, राष्ट्र बैंककै उपनिर्देशक डा. रमेशप्रसाद चौलागाई र कानुन व्यवसायी शहदेव बस्नेतको नाम सिफारीस गरेको थियो । प्राधिकरणमा नियुक्त हुन बाँकी रहेको चार्टर्ड एकाउन्टेन्ट सदस्यको नियुक्ती पनि मन्त्रीस्तरिय निर्णयबाट हुनेछ ।
 



Leave a comment