हाइलाइट

सहकारी बैंकको सल्लाहकारबाट बास्कोटाले दिए राजिनामा

सहकारी बैंकको सल्लाहकारबाट बास्कोटाले दिए राजिनामा :: Sahakari Akhabar

काठमाडौं । सहकारी बैंकका सल्लाहकार दिपकप्रकाश बास्कोटाले सल्लाहकार पदबाट राजिनामा दिएका छन् । उनले राष्ट्रिय सहकारी बैंकको संरचना प्रति आपत्ति जनाउँदै आज भएको बैंकको सल्लाहकार बैठकमा राजिनामा दिएका हुन् । सहकारी बैंकको २० गते भएको सल्लाहकारको बैठकमा राजिनामा दिएको बास्कोटाले जनाएका छन् ।

उनले सहकारी बैंक स्थापना हुँदा सहमती भएको सङ्घिय मोडेललाइ बैंकले वेवास्ता गरि बाणिज्य बैंकको मोडलमा लगेकोमा आपत्ति जनाउँदै सल्लाहकारबाट राजिनामा दिएको जनाएका छन् । आफूले सहकारी बैंकको संरचना सहमती विपरित भएकोमा सैद्धान्तिक असहमति जनाएको बैंकका पकिल्पनाकार समेत रहेका बास्कोटाले जनाएका छन् ।



Leave a comment