हाइलाइट

समस्याग्रस्त सहकारीका ऋणीलाई भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट

समस्याग्रस्त सहकारीका ऋणीलाई भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट :: Sahakari Akhabar

काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थाका ऋणीले आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे ब्याज र हर्जना छुट पाउने भएका छन् । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना जारी गर्दै समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीले भदौ ३१ गतेसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा ब्याज र हर्जना छुट पाउने जनाएको हो ।

समस्याग्रस्त सहकारी संस्थाका ऋणी सदस्यले संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई आधार मानेर भदौ मसान्तसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा त्यसपछिको ब्याज र हर्जना नलाग्ने सूचनामा जनाएको छ ।

भदौ मसान्तसम्म पनि ऋणको साँवाब्याज भुक्तानी गर्न नआउने ऋणीको हकमा साँवाब्याज र हर्जना रकमसमेत गणना गरी ऋण असुली गर्ने कार्यालयले जनाएको छ । हालसम्म बागमती प्रदेश कार्यक्षेत्र भएका पाँच सहकारी संस्था समस्याग्रस्त घोषित छन् । जसमध्ये सिभिल सहकारी २०८० भदौ २१ गते, दर्शन सहकारी २०८१ कात्तिक २१ गते र नेसनल नमोबुद्ध, लालीगुँरास तथा सुमेरु सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषित भएका हुन् ।



Leave a comment